Latest Updates :

मलेशियामा मृत्यु भएकाका परिवारलाई सहयोग

SHARE THIS POST :
म्याग्दी,  चैत । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा मृत्यु भएका म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका २९ वर्षीय धर्मबहादुर रोकाको परिवारलाई एक लाख ४५ हजार सहयोग जुटेको छ ।

रोका परिवारको अवस्थासम्बन्धी यही चैत १६ गते राससमा प्रकाशित समाचारपछि स्वदेश तथा विदेशबाट मृतकको परिवारलाई आर्थिक सहयोग आउने क्रम शुरु भएको छ ।

एउटै परिवारका तीनभाइ छोराको विदेशमा मृत्यु भएपछि विक्षिप्त बनेका रोकाका बुबाआमा र घर परिवारलाई आर्थिक सहयोगको आवश्यकता छ । मृतक रोकाका ७२ वर्षीय बुबा धनबहादुर रोका पक्षाघातबाट ग्रस्त हुनुहुन्छ भने र ६८ वर्षीया आमा लीलमति पेट र मुटुकी रोगी हुनुहुन्छ ।

मृतक रोकाको काजक्रिया गर्न र धनबहादुर र लिलमतिको उपचारका लागि आर्थिक अभाव भइरहेको समयमा कतारमा रहेका म्याग्देलीबाट ८० हजार ८३० र दरवाङवासीबाट संकलन गरिएको रकम गरी एक लाख ४५ हजार ८३० रोका परिवारलाई हस्तान्तरण गरिएको छ ।

दरवाङका वीरेन्द्र पुनमगरले कतारका साथै दरवाङमा समेत संकलन गरी एकमुष्ठ एक लाख ४५ हजार ८३० मृतकका साइला दाजु थमबहादुर रोकालाई हस्तान्तरण गरे । घरमा आर्थिक जोहो गर्ने कान्छो छोराको समेत मृत्यु भएपछि वृद्धवृद्धाको औषधोपचार तथा रेखदेखमा सघाउने उद्देश्यले आर्थिक सहयोग गरिएको पुनले बताए ।

मृतक रोका परिवारका चार भाइमध्ये जेठा तमबहादुर रोका, माइला भक्तबहादुर रोका र कान्छा धर्मलाल रोकाको विदेशमा सुतेकोसुत्यै मृत्यु भएको थियो । रोका परिवारको सहयोगका लागि देश विदेशमा रहेका म्याग्देली एवं संघसंस्थाले सहयोग अभियान शुरु गरेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger