Latest Updates :

अस्पतालको शैयाबाट न्यायको माग्दै रोशना, प्रहरिलाई खर्च पुरै तिर्न चुनौती ( भिडियो )

SHARE THIS POST :
नर्भिक अस्पतालको २०१ नम्बर शैयाबाट न्यायको याचना गरीरहेकी उनी रोशना रामुदामु । अस्पतालको शैयाबाटै हाम्रो कार्यक्रममा स्काइप मार्फत नेपाल प्रहरीको गाडीले आँफुलाइए ठक्कर दिएर उपचारमा वेवास्ता गरेको बताएकी थिइन ।

जवान रमन कार्कीले चलाएको भ्यानको ठक्करबाट रोशनाको टाउको पिँठ्यु, कम्मर र खुट्टामा चोट लाग्यो भने उनका दाजुको हात भाँचियो । तत्कालै उनलाई ट्रमा सेन्टर लगिएपनि आइसियु कक्ष खालि नभएको भन्दै नर्भिक अस्पतालमा लगियो । अस्पतालमा लागेको उपचार खर्च कस्ले र्हेने भन्ने विवादकै कारण सुरुमा त उनको उपचार नै भएन । तर पछि प्रहरीले अस्पताल प्रशासन छलफल गरेपछि करीब ५ घण्टा लगाएर उनको शल्यक्रिया भयो ।

अहिले उनलाई अस्पतालले घर फर्किन सक्ने बताएको छ । तर अस्पतालको खर्च कस्ले हेर्ने भन्ने समस्याकै कराण उनी अस्पतालबो बेडबाट निस्कीन सकेकी छैनन् । सामान्यतयाह अन्य निजी तथा सार्वजनिक सवारीको ठक्करबाट घाइते भएमा उपचारको सम्पुर्ण खर्च सवारी धनीले गर्ने प्रावधान छ । तर जब प्रहरीकै सवारीको ठक्करबाट घाइते भइन उनको उपचारको खर्च कसले दिने भन्ने नै समस्या सिर्जना भयो । उनी भन्छिन् ।

तर कमलपोखरी प्रहरी वृतका प्रहरी नायव उपरीक्षक कुल दिप चन्दका अनुसार उपचार सुरु गर्नुपुर्व नै सवारी विमाबाट आउने रकम बाहेक अरु परिवारले नै व्याहोर्न मौखिक सहमती भएको थियो । चन्दका अनुसार विमाबाट घाइतेको अवस्थामा प्रति व्यक्ति बढीमा ३ लाख सम्म मात्रै प्रहरीले दिन सक्ने छ । अस्पताल स्रोतका अनुसार अहिले सम्म उनको उपचारमा १० लाख बढी खर्च भैसकेको छ । यातायात व्यवस्था नियमावलीका अनुसार घाइते व्यक्तिको सम्पुर्ण उपचार खर्च सवारी धनले व्याहोर्नु पर्ने नियम रेहेको यातायात व्यवस्था विभाग तुलसीराम अर्यालले बताए ।

उनिसँगै घाइतेका दाजुको उपचार खर्चको बारेमा समेत प्रहरीले केही बोेलेको छैन । हरेक पल हाँसो ठ्ट्टा गरीरहने, अध्ययनशील उनि सबैकी प्यारी थिइन् । सबै जना होलीको रङमा रमाइरहेको बेला उनको भने जीवननै धरापमा परेको थियो । अहिले खतरामुक्त भएपनि विस्ताराबाट उठेर हिँढडुल गर्न सक्ने अवस्थामा छैनन् । आफ्नो यो हालात, परीवारको मुहार र प्रहरीको यो व्यावहारले गर्दा उनलाई यो दुर्घटना सपना मात्रै भईदिए हुन्थ्यो जस्तो लाग्छ ।

बाइक लडेर टाउको मा गम्भिर चोट लाग्दा ९९ प्रतिशत मृत्यु मा मुखमा पुगेको र १ प्रतिशत जिबन को आसा गरिएकी रोश्ना भाज्ञले बाच्न सफल भयिन । जवान उमेरमा उन्ले आफ्नो जिबन देखेर दिक्क भएकी छिन । घटना पछी खुट्टा भाचिएर स्टिल हालिएको छ । मुख बाङ्गिएको छ, एक साइड प्यारलाईस भएको छ, केहि फील हुँदैन उन्ले बताइन ।

उन्ले आफु मरेर पनि बाच्न सफल भएको मान्छे हो मलाई प्रहरिले घटना गराएपनी वास्ता गरेन भनेर चित्त दुखाइन । रोश्ना लाई भेट्न रबी पुग्दा अस्पतालमा रोश्ना ले दुख पोखिन यस्तो अवस्थामा पुर्याउने प्रहरी ले किन सबै उपचार खर्च बेहोर्न नपर्ने, बिमा इन्सुरेन्सको खर्चले उपचार खर्च एक छेउ पनि नपुग्ने भ न्दै गुनासो गरिन । यदी यही एक्सिडेन्ट हामिले गरेको भए के हुन्थ्यो । हामीलाई छोड्थ्यो भ न्दै तितो पोखिन ।

प्रहरीको गाडीले ठक्कर दिएर यस्तो अवस्थामा पुगेकी रोशनालाई अस्पतालले डिस्चार्ज गरिसक्यो तर गल्ती गर्ने प्रहरीले आफ्नो उपचार खर्च पुरै तिर्नुपर्ने माग सहित उनी घर गएकी छैनन्। जनताले गल्ती गरे सब खर्च ब्यहोर्नु पर्ने तर प्रहरीले गल्ती गर्दा घाइतेको जिम्मा कस्को ?
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger