बुधबार दिउँसो काठमाडौँबाट रुकुम सिधा उडान भरेको जहाज ल्याण्डिङपछि पार्किङ गर्ने क्रममा हाइड्रोलिक पाइप फुटे पनि जहाज दुर्घटनाबाट बचेको थियो । यदि आकाशमै हाइड्रोलिक पाइप फुटेको भए ठूलो क्षति हुन सक्ने सम्भावना रहेको सुरक्षाकर्मीले बताएका छन् । बुधबार काठमाडौँबाट बिहान १० बजेर ५५ मिनेटमा उडेको जहाज सल्ले एयरपोर्टमा मध्याह्नको १२ बजेर १० मिनेटमा अवतरण भएको थियो । हाइड्रोलिक पाइप फुटे पनि अन्य क्षति भने नभएको बताइएको छ ।
नाइन एनएबिटी नम्बरको जहाज काठमाडौँ–रुकुम र रुकुम–नेपालगञ्ज उडान भर्ने कार्यतालिका थियो । जहाज बिग्रिएपछि नेपालगञ्ज जान टिकट लिएर तयार भएका यात्रु एयरपोर्टबाट घर फिर्ता भएका थिए । रुकुम सल्ले विमानस्थलमा नेपाल वायु सेवाको मात्र उडान हुँदै आएको छ ।
सरकारमा सहभागि गराउने पहल स्वरुप मन्त्रिपरिषद् विस्तारमा ढिलाई भइरहेको एमालेका नेताहरु बताउँछन् । फोरमले सरकारमा सहभागि हुने निर्णय गरिसकेको छ भने राजपाले सकारात्मक संकेत दिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार सम्ममा मन्त्रिपरिषद् विस्तार हुने बुधवार बताएका थिए । माओवादीले आफ्नो तर्फबाट मन्त्री बन्नेको नाम टुंगो लगाइसकेको छ ।
मन्त्रीका आकाक्षी धेरै भएपछि एमालेले टुंगो लगाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पटक–पटक छलफल भइसकेको छ ।
फोरम र राजपालाई समेत सरकारमा सहभागी गराउँदा एमालेको भागमा बाँकी ३ मन्त्रालय पर्ने देखिएको छ । तीन मध्ये प्रदीप ज्ञवाली मन्त्री बन्ने निश्चित भएको एमाले स्रोत दाबी गर्छ । बाँकी २ मध्ये एकमा रवीन्द्र अधिकारीको सम्भावना प्रवल छ ।
मन्त्री बन्न नपाएकालाई राज्यमन्त्री, संसदीय समितिको सभापति र प्रमुख सचेतक बनाउने आश्वासन नेताहरुले पाएका छन् । संसदीय समितिको सभापतिको हैसियत राज्यमन्त्री सरह हुन्छ । ‘मन्त्रीको अवसर नपाएकालाई समितिको सभापति बनाउने तयारी छ’ एमालेका एक नेताले बताए ।
लगातार चुनाव जितेका सांसदले मन्त्री बन्ने अवसर नपाए संसदीय समितिको सभापति पाउने छन् । प्रतिनिधि सभामा ७ वटा समिति रहने प्रस्ताव गरिएको छ । ती मध्ये सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले लिने संसदीय परंपरा छ ।
गत फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले फागुन २७ मा विश्वासको मत लिएका थिए । प्रधानमन्त्री बनेको दिन दुई र पछि चार गरी ६ जनालाई ओलीले मन्त्री बनाइसकेका छन् ।
Post a Comment