Latest Updates :

आजबाट एसइई परीक्षा सुरु: चिट चोर्ने चोराउनेलाई एक लाख जरिवाना र ६ महिना कैद

SHARE THIS POST :
यस बर्षको एसइई परीक्षा आजदेखि सुरु भएको छ । यो बषएको एसइईमा चार लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुँदै छन् । १ हजार ९ सय ५६ केन्द्र निर्धारण गरिएको छ ।

परीक्षा सञ्चालनका लागि १ हजार ९ सय ५६ केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बिहान ८ बजेदेखि सुरु भएको परीक्षमा पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । वेदविद्याश्रमतर्फका विद्यार्थीले भने अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा दिइरहेका छन् ।

परीक्षामा चिट चोर्ने र चोराउनेलगायतका अमर्यादित गतिविधि भएमा एक लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने बोर्डले जनाएको छ ।

अर्को वर्षदेखि प्रदेशस्तरमा
एसइई अर्को वर्षदेखि प्रदेशस्तरमा सञ्चालन गर्ने निर्णय परीक्षा बोर्डको १६ असार ०७३ को बैठकले गरिसकेको छ । शिक्षा मन्त्रालयको १८ कात्तिक ०७३ को निर्णयअनुसार गत वर्षदेखि कक्षा १० को परीक्षाको नाम परिवर्तन गरी माध्यमिक शिक्षा परीक्षा ९एसइई० बनाइएको थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger