Latest Updates :

काबुल आक्रमणका बारेमा भारतले मुख खोल्यो

SHARE THIS POST :
नयाँदिल्ली । बुधबार काबुलमा ३३ जना सर्वसाधारण नागरिकको ज्यान जानेगरी गरिएको आतंककारी हमलाको भारतले निन्दा गरेको छ।

अफगानिस्तानको राजधानी काबुलमा पर्सियाली समुदायले नयाँवर्ष मनाउन आयोजना गरिरहेको एक समारोहमा विस्फोटक पदार्थले आक्रमण गरी ३३ जनाको हत्या गरिएको थियो।

नयाँवर्ष मनाउन आयोजित सो समारोहमा मारिनेमा अधिकांश किशोरकिशोरी परेका बताइएको छ । उक्त बम हमलाको घटनामा परी अरु कम्तिमा पनि ५२ जना घाइते भएका छन्।

भारतीय विदेशमन्त्रालयले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा सो आतंककारी हमलाको निकै कडा शब्दमा निन्दा गरिएको छ।

सो विज्ञप्तिमा भनिएको छ, नागरिकले आफ्नो संस्कार संकृति मनाउन र शान्तिपूर्ण रुपमा भेला भएर आफ्ना क्रियाकलापहरु गर्न पाउने अधिकारविरुद्धको यो जघन्य अपराध हो।

यस घटनाको इस्लामिक स्टेट् समूहले जिम्मेवारी लिएको छ। अफगानिस्तानमा लामो समयदेखि सरकारसँग लड्दै आएको तालिबान समूहले भने यस घटनामा आफ्नो संलग्नता नरहेको जनाएको थियो।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger