बिभागले पूर्व पश्चिम, काठमाडौं, पोखरा, तराईलगायतका भारतीय बोर्डरबाट महत्वपूर्ण औद्यौगिक ब्यापारिक शहरहरु तथा चीनदेखि काठमाडौंसम्म रेल्वे सेवा जोडने परिकल्पनासहित काम गरेको छ ।
नेपालमा रेल चलाउन बिभिन्न समयमा भएको सम्भाब्यता अध्ययन भए पनि नेपालमा रेल चलाउन सकिन्छ कि सकिंदैन भन्ने दुविधा थियो । तर, अब यो दुविधा कम हुँदै गएको नेपाल रेल विभागले जानकारी दिएको छ । हाल सिविल इन्जिनिरिङको काम सकिएकाले विभागले अब २०१८ भित्रै रेल गुडाउने तयारी गरेको रेल विभागका प्रवक्ता प्रकाश उपध्यायले बताएका छन् ।
विस १९३७ मा तत्कालीन ईस्ट इन्डियाको पहलमा भएको जनकपुर जयनगर ३५ किलोमिटर रेल्वे अब २०१८ भित्रै सञ्चालनमा ल्याउन लागिएको बिभागका प्रवक्ता उपध्यायले जानकारी दिए । केरुङ–काठमाडौं, पोखरा–लुम्बिनी रेलमार्गको सम्भाब्यता अध्ययन सकेर चिनियाँ टोली फर्केको धेरै समय भएको छैन ।
चीनबाट रेल ल्याउन त्यती सहज नभएको विभागका प्रवक्ता उपध्यायको भनाई छ । उपध्यायका अनुसार चीनबाट रेल ल्याउन करीब ९० प्रतिशत भन्दा बढी ट्रनिङ र टनेल पर्छ यसको लागि विस्तृत सम्भाव्यता अध्ययन ९डिपिआर० कहिले हुने हो थाहा छैन ।
रेल विभागको स्थापना २०६८ सालमा भएदेखि उनले काम शुरु गरेको थियो । तर, आर्थिक तथा भौतिक अवस्थाका कारण नेपालले आफ्नै रेल गुडाउन सकेको छैन । रेल गुडाउन दक्ष जनशक्ति नहुनु, रेलको लिग नहुनु साथै महत्वपूर्ण मानिने रेलको ईन्जिन, सामान ढुवानी गर्ने डिब्बा तथा मान्छे बस्ने डिब्बा नहुनु मुख्य समस्या रहेको छ ।
अब यो समस्या लामो समयसम्म नरहने प्रवक्ता उपध्यायको भनाइ छ । उनले भने, ‘यसका लागि भारतसँग कुरा भइरहेको हुनाले तत्कालै हुन पनि सक्छ केही समय लाग्न पनि सक्छ ।’ हुन त नेपालमा रेल गुडाउन ढुवानी गर्ने डिब्बा, मान्छे बस्ने डिब्बा, रेलको ईन्जिन मात्र भएर पुग्दैन यस्को लागि इस्टेशन म्यानेजर, काउन्टर, मर्मत गर्न सक्ने दक्ष जनशक्ति चाहियो तर यो अहिले नेपालमा सम्भव छैन ।
करीब २ वर्षको लागि आउटसोर्सिङ गर्ने र २ वर्ष भित्र नेपाललाई चाहिने जनशक्ति, रेल चलाउने दक्ष जनशक्ति उत्पादन गर्ने रेल बिभागको उद्देश्य रहेको छ । तर नेपालमा रेल चलाउन कति रकम खर्चिनु पर्ने हो त्यो भने भन्न नसकिने उनले बताएका छन ।
काठमाडौंमा मोनो रेल मोनो रेल अझै पनि आम मानिसले बुझने भनेको रेल नै हो तर मोनो रेल भनेको जमिन मुनि गुडने रेल हो । जुन शहरी यातायातको रुपमा चल्ने गर्दछ । यसको लागि सम्भाब्यता अध्ययन भइरहेको छ । मोनो रेल काठमाडौंको थानकोटदेखि जगाती, रिङरोड, बौद्ध देखि स्वयम्भुलगायत काठमाडौंको ५ स्थानमा चल्ने छ । सो कार्यका लागि कुनै काम अघि बढ्न सकेको छैन ।
Post a Comment