Latest Updates :

यूएस–बंगला विमान दुर्घटनामा मृत्यु भएका आफन्तले १० करोड पाउने-

SHARE THIS POST :
काठमाडौं, ८ चैत । यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेका परिवारले पाँच लाखदेखि १० लाख अमेरिकी डलर (पाँचदेखि १० करोड रुपैयाँ) सम्म बिमा पाउने देखिएको छ ।

दुर्घटनाका पीडितले मन्ट्रियल सन्धिको आर्टिकल ३१ ले तोकेको क्षेत्राधिकारभित्र रहेको असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्दा ठूलो रकम पाउने नजिर स्थापित भइसकेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन विज्ञ प्रा.प्रभाकर अधिकारी बताउँछन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

अमेरिकाले हवाई यात्रुको बिमा रकम वार्सा सन्धिमा कमी भएको भन्दै बढाउन मन्ट्रियल सन्धिको अवधारणा ल्याएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गका दुर्घटना भएको विमानमा अमेरिकी लगानी छ।

पीडित परिवारले मन्ट्रियल सन्धिमा उल्लेख विमान कम्पनीको व्यावसायिक क्षेत्रलाई आधार मानेर अमेरिकाको अदालतमै बिमा दाबी गर्दा ठूलो रकम पाउने वरिष्ठ अधिवक्तासमेत रहेका अधिकारी बताउँछन्।



मन्ट्रियल सन्धि लागू नभएकै अवस्थामा पनि थाई एयरवेजको जहाज दुर्घटनामा परी ज्यान गुमाएकी सन्तोष कोइरालाका श्रीमान्ले अमेरिकाको क्यालिफोर्निया अदालतबाट असीमित दायित्व अन्तर्गतको बिमा दाबी गर्दा सात लाख पचास हजार डलर पाएका थिए।

त्यतिबेला वार्सा सन्धिमा २० हजार मात्रै बिमा रकम ताकिएको थियो। यूस–बंगला विमान दुर्घटनाबाट पीडित परिवारले दाबी नगर्दा पनि न्यूनतम पनि एक लाख एसडीआर अर्थात् एक लाख ४५ हजार अमेरिकी डलर (एक करोड ४५ लाख रुपैयाँ) पाउँछन्। असीमित दायित्वअन्तर्गत क्षतिपूर्ति दाबीका लागि सरकारी निर्णय र विमान दुर्घटनासम्बन्धी प्रतिवेदन कुर्नु पर्दैन।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger