Latest Updates :

प्रिन्सिपलले छात्रालाई गर्ल्याम्म अँगालो हाल्दै संवेदनशी अंग चलाउँदै चुम्मा गर्न खोजेपछि…

SHARE THIS POST :
अघिल्लो दिनदेखि मात्र होस्टलमा बस्ने आएकी छात्रा । पारिवारिक अवस्था दयनीय ।

विद्यालयमा तिर्न बाँकी शुल्क झण्डै २५ हजार माथि ।
पढाइमा कमजोर ।

घरको अवस्था र आफ्नो कहालिलाग्दो भविष्य सम्झेर कौशीमा पुगेर टोलाइरहेकी ती छात्रामाथि शिक्षकले ग¥ल्याम्म अँगालो हाल्छन् ।

संवेदनशी अंग चलाउँदै चुम्मा गर्न खोज्छन् । नजिकै होस्टलका विद्यार्थीले शिक्षकको हर्कत देखिरहेका हुन्छन् । विद्यार्थीले प्रतिवाद गर्दै भन्छिन्, तपाई मेरो बुबाजस्तो म तपाईकी छोरीजस्तीलाई छि के गर्नुभएको यस्तो सर, अझै रोकिँदैनन् ।

कौसीमा साथीको रुवावासी चल्छ । होस्टलमा होहल्ला । रातको पौने आठ बज्दै गर्दा ललितपुर प्याव्सनका अध्यक्ष तथा ज्ञानकुञ्ज स्कुलका प्रिन्सिपल शिव कार्कीले १० कक्षामा अध्ययनरत १७ वर्षीया छात्रामाथि यौन हिंसा गरेको भन्दै ती छात्राले रुँदै नजिककैको पसबाट घरपरिवारलाई फोन सम्पर्क गर्छिन् । जनआस्थामा समाचार छ ।

अभिभावक शिक्षक र विद्याथीबीचको झैन्डै तीन घन्टा लामो गलफत्तिपछि यो केस सातदोबाटो प्रहरीमा रातको १० बजे दर्ज हुन्छ ।

स्रोतका अनुसार नौ कक्षासम्म अन्यत्रै पढेकी ति छात्रा यसैवर्ष देखि सो स्कुलमा पुगेकी थिइन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger