Latest Updates :

चितवनका एक चेपाङ्ग युवाले उडाए आफैले बनाएको प्यारामोटर (भिडियो सहित)

SHARE THIS POST :
चितवन ,चैत ४- चितवनका एक चेपाङ्ग युवाले प्यारामोटर उडाएका छन् । चितवनको राप्ती नगरपालिका २ गड्यौलीका सारोज चेपाङ्गले आफैले निर्माण गरेको प्यरामोटर उडाएका हुन् । स्थानिय स्रोत साधनको प्रयोग गरेर निर्माण गरेको प्यारामोटर उनले आज (आइतबार) राप्ती नदीको बगरमा उडाएर परिक्षण गरेका छन् । यसअघि २ पटकसम्म उडानको प्रयास गर्दा हावाको प्रभावले प्यारामोटर उडाउन नसकेका सरोजले आज भने सफतापूर्वक प्यारामोटर उडाएका हुन् । सामान्य परिवारका २० बर्षका सरोजले करिब ९० हजारको लागतमा प्यारामोटर निर्माण गरेका थिए ।

६ कक्षासम्म मात्रै अध्ययन गरेका सरोजले १ महिना लगाएर एक्लैले प्यरामोटर निर्माण गरेको हुन् । प्यारामोटर निर्माण गर्न १४९ सिसि को मोटरसाइलकोे एउटा पुरानो इन्जिन ,एउटा प्यारासुट , ठेलाको टायर ,क्लच ,ब्याट्री । स्टिल , आलमुनियम र काठको पंखा बनाएर प्रयोग गरेको उनले बताए । उनले बनाएको प्यारामोटरमा ३ वटा चक्का समेत भएकोले प्यारासुट नहाली सडकमा गुडाउन समेत मिल्ने उनले बताए । सरोजले २ जना चड्न मिल्ने मिनी एयरक्राफ्ट समेत निर्माण गरिरहेका छन् ।

तर आर्थिक अभावको कारण इन्जिन खरिद गर्न नसक्दा उनले त्यसलाई पूर्णता दिन नसकेको उनको आमा लिला प्रजाले बताइनन् । मिनी एयर एयरक्राफ्ट निर्माण गर्न हालसम्म ५ लाखभन्दा बढी खर्च भइसकेको उनले जानकारी दिइनन् । मिनी एयर एयरक्राफ्ट निर्माण गरिरहेको हेर्न धेरै मानिसहरु आएका र यो बन्दैन , उडाउन सक्दैन भन्ने जस्ता नकारात्मक कुरा गर्ने गरेकाले उनीहरुलाई विश्वास दिलाउन पनी मिनी एयरक्राफ्ट भन्दा पहिला प्याराकमोटर बनाएर उडाउने सोचका साथ प्यारामोटर निर्माण गरेर उडाएको सरोजले बताए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger