Latest Updates :

युएस–बांग्ला विमान दुर्घटनामा मृत्यु भएका २३ वटा शव विशेष बिमानबाट आज ढाका पठाइँदै

SHARE THIS POST :
काठमाडौं, ५ चैत्र । युएस-बांग्ला विमान दुर्घटनामा गत हप्ता ज्यान गुमाएकामध्ये २३ जना बांग्लादेशी यात्रुको शव विशेष उडानबाट आज ढाका पठाउन लागिएको अधिकारीहरूले बताएका छन्।

नेपालका फरेन्सिक विज्ञहरूले शवहरूको पहिचान गरी आइतवार साँझ काठमाण्डूस्थित बांग्लादेशी दूतावासका अधिकारीहरूलाई बुझाएका थिए।

दूतावासका कन्सुलर अल अलेमुल इमामले भने, “पहिचान गरिएका २३ जना बांग्लादेशी नागरिकको शव एउटा विशेष उडानबाट आज अपरान्ह ढाका पठाउँदैछौँ।”

उनका अनुसार ढाकाबाट शवहरू मृतकका आफन्तलाई बुझाइनेछ।

पहिचान
पहिचान गरिएका मृतकहरूमा १० जना महिला, दुईजना बालबालिका र ११ जना पुरूष भएको कन्सुलर इमामले बताए।

काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत सोमवार भएको दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएका १० जना बांग्लादेशी यात्रुमध्ये थप उपचारका लागि ८ जनालाई ढाका र दुईजनालाई सिङ्गापुर पठाइएको कन्सुलर इमामले बताए।

नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार तीनजना बांग्लादेशी यात्रुको शव पहिचान हुन बाँकी छ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger