Latest Updates :

कुबेतमा घरायसी काम गर्ने एक महिलालाइ मारेर एक वर्षदेखि फ्रिजरभित्र बन्द गरि लुकाईराखेपछि….!

SHARE THIS POST :
एजेन्सी – कुबेत प्रहरीले घरायसी काम गर्ने १ जना फिलिपिनो महिलालाई एउटा फ्रिजरमा मृत अवस्थामा फेला पारेको घटनाको सिलसिलामा कुबेतस्थित उनका मालिकलाई गिरफ्तार गरेको छ। २९ वर्षीया जोन्ना डेमाफेलिस नामक ती महिला हराएको उजुरी गरिएको १ वर्षभन्दा लामो समयपछि उनकै मालिकको अपार्टमेन्टको फ्रिजरमा मृत अवस्थामा भेटिएकी हुन्।

हप्तौंदेखि फरार रहेका नादेर एस्साम अस्साफ नामक ती मालिकलाई हत्याको आशंकामा लेबनानमा गिरफ्तार गरिएको फिलिपिन्सको विदेश मामिला विभागले शुक्रबार जनाएको छ। डेमाफेलिसको शंकास्पद मृतयुको कारण फिलिपिन्समा व्यापक विरोध र आक्राशको लहर फैलिएको छ।
साथै कामको सिललिामा फिलिपिनोहरूलाई कुबेत जान रोक लगाउनुपर्ने माग बढ्न थालेको छ। फिलिपिनी विदेश विभागले यस हत्याकाण्डमा उत्तिकै संलग्नता रहेको आशंका गरिएकी लेबनानी नागरिक अस्साफकी सिरियाली पत्नी मोना पनि फरार रहेको र उनी सिरियामा लुकेर बसेको अनुमान गरेको छ। यिनीहरू दुवैलाई अन्तर्राष्ट्रिय स्तरमा खोजी गर्न इन्टरपोलले सहयोग गरिरहेको छ। अस्साफको गिरफ्तारीप्रति फिलिपिन्सका विदेशमन्त्री अलान पिटर कायतोनोले खुसी प्रकट गरेका छन्। १ वर्षदेखि बन्द रहेको अस्साफको अपार्टमेन्टमा यसै महिना फेला परेको शवमा चोटका चिन्हहरू रहेको प्रहरीले जनाएको छ।

यस घटनापछि घरेलु कामदारको रूपमा कार्यरत १ हजार जनाभन्दा बढी फिलिपिनोलाई कुबेतबाट फर्काइएको छ। फिलिपिनी विदेश विभागले कुबेतमा अझै आफ्ना २ लाख ५२ हजार नागरिक कार्यरत रहेको जनाएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger