Latest Updates :

अमेरिकाको अकल्याण्डमा रहेका छोरा भेट्न हिंडेका बाबुको फ्लाइटमै मृत्यु

SHARE THIS POST :
लामो समयदेखि नभेटेका छोरालाई भेट्न हिंडेका एक बाबुको फ्लाइटमै मृत्यु भएको छ। अकल्याण्डमा रहेका छोरालाई भेट्न हिंडेका भारतका नरेन्द्र शाहको मृत्यु भएको हो ।

७२ वर्षीय नरेन्द्र शाह र उनकी श्रीमती प्रतिभा शाह छोरालाई भेट्नको लागि गत शुक्रबार सिंगापुर एयरलाइन्सको फ्लाइटमा यात्रा गर्दै थिए। प्रतिभा शाहका अनुसार उनका श्रीमानलाई सास फेर्न गाह्रो हुन थालेपछि उनको मद्दत मागे ।आफूहरुसंग भएको औषधिले पनि काम गर्न छोडेपछि हिन्दि भाषा बुझ्ने क्रियुकी एक सदस्यसंग उनले मद्दत मागीन् । शाहका अनुसार, सामान्य सहयोग गरे जस्तो गरेपनि ती युवतीले गम्भीर रुपले लिइनन् ।

केही समयपछि शाह बाथरुम जान चाहे । श्रीमती प्रतिभाले उनलाई समाएर लागिन् र बाथरुमको ढोका नलगाउन अनुरोध गरिन्। ढोका नलगाई बाथरुम छिरेका शर्मा नफ़र्किएपछि प्रतिभाले क्रियुका सदस्यसंग सहयोग मागीन् । त्यसपछि उनी बाथरुममा ढलिरहेका भेटिए। केही समयपछि बताइयो की, प्लेनमा रहेका डाक्टरले बचाउन कोसिस गर्दा पनि शर्मालाई बचाउन सकेनन् ।
एयरलाइन्सका प्रवक्ताले सुचना जारि गर्दै उक्त प्लेनका क्रियु सदस्यहरुले शर्मा दम्पत्तिलाई सहयोग गरि उनलाई बचाउने कोसिस गरेतापनि उनको दुखद निधन भएकोले समवेदना प्रकट गर्दै विज्ञप्ति जारि गरेका छन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger