Latest Updates :

सिरिया: पूर्वी गुटामा एक सातामा ‘५०० जनाभन्दा बढीको मृत्यु’ निक्कै विभत्स तस्बिरहरु र हवाई आक्रमणको

SHARE THIS POST :

सिरियाको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा विगत एक साताको अवधिमा पाँच सय जना भन्दा बढीको ज्यान गएको अनुगमनकर्ताहरूले बताएका छन्।मारिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको उनीहरुको भनाइ छ।सिरियाको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा विगत एक साताको अवधिमा पाँच सय जना भन्दा बढीको ज्यान गएको अनुगमनकर्ताहरूले बताएका छन्।

मारिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको उनीहरुको भनाइ छ।बमबारी जारी रहेकोले क्षतिको विवरण संकलन गर्न कठिन भइरहेको उद्धारकर्ताहरूले बताएका छन्।ब्रिटेनस्थित सिरिन अब्जर्भेटरी फर ह्युमन राइट्स्‍का अनुसार पूर्वी गुटा क्षेत्रमा विगत एक साताको अवधिमा मारिएकाहरू मध्ये १२१ जना बालबालिका रहेका छन्।



त्यहाँ रुसी समर्थन प्राप्त सिरियाली सरकारी सैन्यले विद्रोहीहरूमाथि आक्रमण गरिरहेका छन् उद्धारकर्ताहरू भन्छन् बमबारी नरोकिएकोले आक्रमणमा ज्यान गुमाउनेहरूको सही तरिकाले गणना समेत गर्न सकिएको छैन।

युद्ध विराम प्रस्ताव सिरियाः बमबारी रोक्न राष्ट्रसंघको माग सिरियाद्वारा अमेरिकी हमलाको निन्दा राष्ट्रसंघीय सुरक्षा परिषदमा पूर्वी गुटा क्षेत्रमा युद्ध विराम गर्ने प्रस्तावमा आजै शनिवार मतदान हुने कार्यक्रम छ। त्यसअघि त्यो प्रस्तावका शब्दावलीलाई लिएर सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुबीच विवाद भएको थियो।पूर्वी गुटामा सामान आपूर्ति गर्न र मानिसहरूलाई अन्यत्र सार्न ३० दिनसम्म आक्रमणहरू रोक्ने प्रस्तावको मस्यौदामा रुसले केही हेरफेर गर्न चाहेको थियो।
तर पश्चिमा कूटनीतिज्ञहरूले सिरियालाई आक्रमणहरू जारी राख्न थप समय दिन खोजे जस्तो देखिने रुसी रबैयाको आलोचना गरेका थिए।अमेरिका ब्रिटेन र फ्रान्सले युद्ध विराम प्रस्ताव पारित गर्न थप ढिलाइ हुन नहुने मत राखिरहेका छन्।कुवेत र स्विडेनले अघि सारेको त्यो प्रस्ताव पारित भएको ७२ घन्टाभित्र सिरियाभर युद्ध विराम लागु गर्दै स्वास्थ्य सेवा तथा सहायता सामाग्री पठाउन थालिने भनिएको छ।मस्यौदामा १२ सय ४४ समुदायका ५६ लाख मानिस सहायताको पर्खाइमा रहेको उल्लेख गरिएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger