सुनगाभा ओभरसिज सिनामङगल मार्फत कतार पुगेका कार्की निरन्तर कम्पनीमा रहि काम गर्दै आएका थिए । सडकमा ट्याक्सी चलाइ रहदा अचनाक अर्को गाडीसंग दुर्घटना भएको थियो । मानबिय क्षति नभए पनि नागरिकको गाडिमा क्षति भएको भनी स्थानिय अदालतमा मुद्दा हालेको थियो ।
उक्त मुद्दा कार्की सहित ५ जनालाइ हालेको भए पनि एक जना फरार भएको हुँदा अदालतले फैसला गरे पनि फरार नागरिकको जमानत कम्पनीले नलिएको हुँदा क्षति उपर देखिन आएको रकम कार्किले नेपालबाट करिब ७ लाख मगाइ भुक्तानी समेत गरिसक्दा पनि सफाइ नदिएकोले निज कार्की घर फर्किन पाएका छैनन।
फरार नागरिक आफ्नो मुलुक गैसकेको हुँदा उक्त ब्यक्ति नफर्किने निस्चित भैसकेको छ। यस्तो अबस्थामा कम्पनिले बेवास्ता गरिरहँदा कार्कीका परिवार आशुमा डुबिरहेका छन ।
२ साना सन्तान , बुढी आमा र श्रीमती समेत भएका गरिब परिवारका कार्की आफुले कमाएर परिवार पाल्न भनी बिदेश गएका भए पनि स्वदेश बाट नै ५% रिण ब्याजले काढेर त्यति ठूलो रकम उतै पठाउनु परेको छ। अर्काको घरमा भाडामा परिवार राखेर गएका कार्की आफुले खाना समेत नपाएर बिजोक अबस्थामा दिन बिताइ रहेका छन् ।
साथीले पनि अब खाना दिन छाडी सके, घरमा पनि पैसा छैन, काम दिएको छैन तलब छैन, म कसरी बाचौ?? कार्की का पीडादायी कुरा सुनेर जो कसैको पनि आँसु अडिदैन।म नेपाल निस्किन चाहान्छु तर आउन पाउदिन होला भनेर रोइ रहेका छन।
कम्पनीको गैरजिम्मेवारीपनाले गर्दा कार्की मर्नु न बाँच्नुको दोसाधमा छन, कतार स्थित राजदुताबासमा शरण माग्न जाद समेत राजदुत कोइरालाले वास्ता गर्दैनन ।
कम्पनीले पनि वास्ता गर्दैन कार्की भन्छन, ‘मेरो सास नेपाल निकालिदिनु हुन नेपालमा रहनु भएका आफन्त, पत्रकार,सरकार सग आम सहयोग माग्छु, मेरो जीवन बचाइदिन भिख माग्छु।’
Post a Comment