Latest Updates :

फूलचोकी डाँडामा ६ दिनदेखि हराइरहेका जोन अझै भेटिएनन् ! अब बस्ती छिर्यो प्रहरी…हेर्नुहोस्

SHARE THIS POST :
काठमाडौं । आइतबार राति अबेरसम्म खोजी गर्दासमेत ६ दिनदेखि हराइरहेका जोन तामाङलाई फेला पार्न सकिएको छैन। आइतबार राति इँट्टाभट्टा क्षेत्रमा रहेको आशंकामा प्रहरी र प्याब्सनको टोलीले रातभर खोजेका थिए।

‘हामी त हैरान भइसकेका छौं, त्यो बच्चालाई स्थानीयले देखेको आशंका गरेपछि रातभर खोज्यौं फेला पार्न सकेनौं आइतबार रातभर खोजी कार्यमा लाग्नुभएका प्याब्सन ललितपुरका अध्यक्ष शिव कार्कीले भन्नुभयो– ‘उनलाई भेट हुने आश गरेका छौं।’ जताततै खोज्दा पनि उनलाई फेला पार्न नसकेको कार्कीको भनाइ थियो। प्रहरी टोलीले हिजोबाट फूलचोकी डाँडामा भन्दा पनि नजिकैको बस्तीमा खोजी कार्य जारी राखेको छ।
प्रहरी टोली, स्थानीय र विद्यालयका कर्मचारीले हिजो विशंखुनारायण, विष्टछाप, गोदावरी, लामाटार, लुभु, चापागाउँ र फूलचोकीसँग सिमाना जोडिएको काभ्रे र ललितपुरका एक दर्जनभन्दा बढी स्थानमा खोजी गरेको थियो। महानगरीय प्रहरी वृत सातदखोबाटोका डीएसपी विनोद सिलवालले बालक जान सक्ने आशंका भएका सबै स्थानमा खोजी कार्य जारी राखेको बताउनुभयो।

आइतबार दिउँसो स्थानीयले बसमा यात्रा गरेको देखेको जानकारी पाएपछि खोजी गर्न सबै टोलीले फूलचोकी क्षेत्रभन्दा पनि गाउँघरतिर लागेका छन्। बिहीबार बिहान हाइकिङ गरी फर्कने क्रममा दिउँसो करिब साढे ३ बजे उनी फूलचोकीबाट बेपत्ता भएका थिए। गोदावरी आउनु करिब ३ किलोमिटर बाँकी रहँदा विद्यार्थी सम्पर्कविहीन भएका थिए। उनलाई खोज्न सो विद्यालयका अभिभावक, विद्यार्थी र आफन्तसमेत लागि परेका छन्।

विद्यालयका प्रिन्सिपल दुर्गा ओली आफैंले सो विद्यालयका कक्षा ५ का १० र ६ कक्षामा अध्ययनरत जोनसहित ११ जना विद्यार्थी हिउँ खेल्न भन्दै फूलचोकी लग्नुभएको थियो। हराएका विद्यार्थी खोज्न प्रहरीले प्रिन्सिपललाई समेत सँगै लगेको छ। छोराको अवस्था बारे जानकारी नपाएपछि आफन्तहरू महानगरीय प्रहरी वृत सातदोबाटो पुगेका छन्। तामाङकी आमा रिना, उनका दाजु जेम्स, काका दीपक राईले जोनलाई खोजिदिन आग्रह गरेका थिए। विद्यार्थी बेपत्ता भएपछि विद्यालयका प्रिन्सिपल ओलीलाई सातदोबाटो प्रहरी वृतले नियन्त्रणमा लिई हिरासतमा राखेको छ।

यसैगरी प्याब्सन ललितपुरले जिल्लाबाट विद्यार्थी भ्रमणमा जादा अनिवार्य रूपमा प्याब्सनलाई जानकारी दिन आग्रह गरेको छ। ६ दिनदेखि फूलचोमीमा हाइकिङ गर्न जाँदा हराइरहेका अजय शिक्षा सदनका तामाङको घटना दोहोरिन नदिन त्यस्तो व्यवस्था गर्न लागेको हो। प्याब्सनले शैक्षिक भ्रमण, पिक्निक, हाइकिङको नाममा विद्यार्थी भ्रमणमा लैजाँदा प्याब्सनलाई जानकारी होस् भन्ने उद्देश्यले भ्रमणमा जाँदा जानकारी दिन आग्रह गरेको हो।

ललितपुरका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले जुनसुकै विद्यालयका विद्यार्थी विद्यालय बाहिर जाँदा जिल्ला शिक्षा कार्यालयलाई समेत जानकारी दिनुपर्ने बताउनुभयो। उहाले भन्नुभयो– ‘जानकारी दिनुपर्ने त हो तर हालसम्म एकाधबाहेक कसैले सोध्ने गरेका छैनन्।’ केही विद्यालयले राय माग्दा सुरक्षाको अवस्था हेरेर भ्रमणमा लैजान सल्लाह दिने बताएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘जानकारी दिए सबै निकायलाई सजिलो हुने थियो नत्र समस्या पर्ने देखिएको छ।’

प्याब्सनका पूर्वअध्यक्ष राजेश खड्काले विद्यालय आफैंले सुरक्षाको प्रबन्ध गर्नुपर्ने बताउँदै आवश्यक महशुस भए जानकारी दिनु उपयुक्त हुने धारणा राख्नुभयो। उहाँले विद्यार्थीको अभिभावकलाई भने पूर्णरूपमा जानकारी दिनुपर्ने बताउनुभयो। तामाङ हराएपछि अस्ति आइतबार ललितपुरमा बसेको सरोकारवालाको बैठकले विद्यार्थी शैक्षिक भ्रमणमा जादा पूर्णरूपमा सुरक्षा अपनाउनुपर्ने निर्णय गरेको छ।

जिल्ला शिक्षा अधिकारीकोे अध्यक्षतामा अभिभावक संघ, शिक्षक संघ, संगठन, प्याब्सन, एन प्याब्सनसहितको बैठकले तत्काल हराएका बालक खोज्न शिक्षक परिचालन गर्ने निर्णय गरेको छ। जिशिअ खनालले हराएको स्थानमा सबै सुरक्षाअंग परिचालन गरी तत्काल विद्यार्थीलाई खोजी गर्नसमेत आग्रह गर्नुभएको थियो।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger