कार्यालय समयमा राजधानीको चक्रपथ भित्र मालवाहक सवारी गुडाउन नपाइने नियम छ । ट्राफिक जाम हुने समस्या कम गर्न बिहानदेखि बेलुकासम्मै व्यस्त सडकमा सामान बोक्ने सवारी साधनलाई गुड्न नदिने नियम लागू गरिएको हो । तर यो नियम उल्लङ्घन भएका दृश्य प्रशस्तै देखिन्छन् ।
कार्यालय समयमा सडकमा सवारी चाप बढी हुन्छ । बिहान १० बजेदेखि १२ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म राजधानीका सडकमा सबैभन्दा बढी जाम हुन्छ । व्यस्त सडकको जामलाई नियाल्ने हो भने त्यहाँ सामान बोक्ने गाडी प्रशस्तै देखिन्छन् ।
विद्यालय जाने सवारी हुन् वा कार्यालय पुग्नेहरू सडक जामले हैरान हुन्छन् । सहजै अनुमान लगाउन सकिन्छ कि, त्यो जाममा देखिने मालवाहक गाडीहरू मात्रै नहुँदा हुन् त जामको मार कम हुने थियो ।
यो भिडियोमा प्रस्तुत दृश्य भने विरलै देखिने दृश्य हो । कार्यालय समयमा नियम उल्लङ्घन गर्ने यस्ता मालवाहक सवारीलाई कारवाही गरेर सडकमा सहज आवागमन व्यवस्था मिलाउन प्रहरीले आँखा चिम्लेको छ ।
ढुवानी व्यवसायीको चलखेल, ठेकेदार र सवारी धनी, चालकहरूको मिचाहा प्रवृत्तिका अगाडि उपत्यका ट्राफिक प्रहरी निरिह देखिन्छ । तर यो दृश्यमा देखिएजस्तै मिचाहा यस्ता सवारीलाई नियन्त्रणमा लिने र भटाभट कारवाही गर्ने हो भने उपत्यकाको ट्राफिक जाम कम गर्न निकै मद्दत पुग्ने पक्का छ l
Post a Comment