चलचित्रका लागी दोश्रो पटक पनि उनको भिषा रद्द भएपछि टीम सहित साम्राज्ञि तनाबमा परेकी छिन् । समाचार अनुसार दोश्रो पटक पनि साम्राज्ञिको भिषा रद्द हुनुको मुख्य कारण उनको नाम बनेको छ । आफ्नो नाम परिवर्तन भए संगै सिने उद्योगमा डेब्यु गरेकी साम्राज्ञि पहिलो फिल्मबाटै सफल नायिका बनिन् । तर धोका नामले दियो । उनको रियल नाम भने प्रीयंका हो ।
भारतमा अध्ययन गर्दाको क्रममा धेरै विद्यार्थीको नाम प्रीयंका भएपछि आमा संगै सल्लाह गरेर साम्राज्ञि नाम राखिएको थियो । यद्यपि उनको यो नाम भने सिने उद्योग प्रवेश अघि नै परिवर्तन भएको हो । नागरिकतामा उनको नाम प्रीयंका भएको कारण भिषा लाग्न नसकेको भनाई बाहिरिएको छ । ईन्टु मिन्टु लण्डनमा बाट कोरियोग्राफिमा चर्चा कामाएकी रेनेशा बान्तावा राईले निर्देशनमा डेब्यु गर्दैछिन् भने साम्राज्ञि संग धिरज मगरले स्क्रीन रोमान्स गर्दैछन् । धिरज बेलायतमै छन् ।
Post a Comment