Latest Updates :

करोडौं कमाएकी अभिनेत्री रेखा थापाले तीनसय रुपैया चोरेको खुलासा

SHARE THIS POST :
अभिनेत्री रेखा थापाले अस्ति भदौ पाँच गते बुवाको मुख हेर्ने दिन ३४ औँ जन्मदिन मनाएकी छिन् । काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गर्दै रेखाले आफ्नो जन्मदिन मनाएकी हुन् । परिवारसँगै केही निकट सिनेकर्मी र पत्रकारहरुको उपस्थितमा रेखाले ३४ वर्षको केक काटेकी थिइन। रेखाको जन्मदिन विशेष कार्यक्रममा अभिनेता आर्यन सिग्देल श्रीमती सपना भण्डारीसँगै पुगेका थिए । त्यस्तै शुष्मा कार्की, आर्यन अधिकारी र केही रंग पत्रकारहरुको पनि उपस्थिति रेखाको जन्मदिन कार्यक्रममा थियो ।

रेखा थापाको जन्मदिनको विशेष आकर्षण भने श्रीमतीकै अगाडि आर्यनको रेखासँगको नृत्य र रेखा थापा मिस कोशीमा भाग लिँदाको प्रसंग बन्यो । कार्यक्रममा रेखाकी आमा सरस्वती थापाले रेखाले तीन सय रुपैयाँ चोरेर अहिले यो स्थानमा भएको बताईन् । खास कुरा अभिनेत्री हुनु अगाडि नै रेखाले मिस कोशीको टाईटल जितेकी थिईन् । रेखाकी आमाले मिस कोशीमा भाग लिनको लागि छोरीले घरबाट तीन सय रुपैयाँ चोरेर गएको बताईन् । बुवाले छोरी सानै भएका कारण यस प्रतियोगितामा जान नहुने भनेपछि रेखाले आफै यो कदम उठाएकी थिईन्
तीन सय रुपैयाँले मिस कोशीमा भाग लिन पुगेकी रेखाले तीन सयको बदला मिस कोशीको टाईटल र पुरस्कार स्वरुप ५० हजार रुपैयाँ सहित अन्य उपहार लिएर आउँदा परिवार निकै खुसी भएको सरस्वतीले बताईन् । त्यस्तै श्रीमतीसँग पुगेका आर्यन सिग्देल रेखा थापासँग सिनेमा ‘रुद्र प्रिया’को प्रमोशनल गीत ‘चिरबिर चिरबिर’मा नाच्नु पनि रेखाको जन्मदिन पार्टीको आकर्षण बन्यो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger