Latest Updates :

यसकारण ज्याेति मगरलाइ पोखरामा निषेध

SHARE THIS POST :
कास्की, १० माघ । लेखनाथ उद्योग वाणिज्य संघले आगामी माघ ११ गतेदेखि २२ गते सम्म प्रादेशिक औद्योगिक व्यापार मेलामा लोकदोहोरी गाईका ज्योती मगरलाई निषेध गर्ने भएको छ ।

मेलाको सम्बन्धमा जानकारी गराउन  आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्णहरि भण्डारीले लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास एवम् समृद्धिको उद्देश्यका साथ महोत्सव आयोजना गरिएको भएपनि बिकृती फैलाउने कलाकारलाई निषध गरेको वताए ।

लेखनाथको डाँडाको नाकमा हुने १४ औं संस्करणको यस महोत्सवका आकर्षणमा औद्योगिक व्यापार मेला अवलोकनका साथै विभिन्न परिकारको स्वादमा रमाउँदै हस्तकलाका समान, स्थानीय रुपमा उत्पादित समान अवलोकन एवम् किनबेचका साथै राष्ट्रिय कलाकारका विभिन्न मनोरञ्जनात्मक प्रस्तुती हेर्न पाइने व्यवस्था रहेको  जानकारी दिए ।

सांस्कृतिक कार्यक्रम अन्तर्गत लुकेको प्रतिभाको खोजी अभियान अन्तरर्गत पहिलो पटक एकल नृत्य विधामा गण्डकी तारालाई निरन्तरता दिइने संघका महासचिव भरतकुमार अधिकारीले बताए।

संघका पूर्व अध्यक्ष एवम् मेलाका निर्देशक लक्ष्मीप्रसाद त्रिपाठीले सुन्तला मेलाका रुपमा सुरु लेखनाथ महोत्सव यहाँको पहिचान जस्तै बन्दै गएका कारण यसलाई अझै व्यवस्थित गर्दै लगिने बताए । संघका उपमहासचिव एवम् प्रचारप्रसार उप समितिका संयोजक गोपिचन्द्र बास्तोलाका अनुसार महोत्सव अबधिमा तीन लाख दर्शकले अवलोकन गर्ने विश्वास लिइएको छ ।

महोत्सवमा करिब एक करोड आम्दानी भै महोत्सव सम्पन्न गर्न ८० देखि ८५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउँदै उहाँले बचत हुने १५ देखि २० लाख रुपैयाँ सामाजिक सेवाका क्षेत्रमा खर्चिने जानकारी दिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger