Latest Updates :

पोखरामा दुई जनाको मृत्यु हुनेगरी भएको रहस्यमय घटनामा संलग्न पक्राउ

SHARE THIS POST :

पोखरा–लेखनाथ महानगरपालिका–१८, सराङकोटस्थित निर्माणाधीन माउन्टेन रिसोर्ट एण्ड स्पा होटलमा भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ। तर, उसको नाम भने प्रहरीले बताएको छैन। कास्की प्रहरी कार्यलयका प्रहरी प्रमूख प्रहरी उपरीक्षक अशोक सिंहले बताए। रहस्यमय घटना र पक्राउ ब्यक्तिको बिहिबार एकैपटक सार्वजनिक गरिने प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। होटलको काममा कार्यरत मजदुरहरुको रहस्यमय ढंगबाट भएको मृत्युलाई भने हत्या नै भएको प्रहरीले ठहर गरेको छ।

मृत्यु भएका दुई मजदूरको चार दिनपछि सनाखत भएको छ। मृतकका आफन्त पोखरा आएपछि उनीहरुको सनाखत भएको हो। मृत्यु हुनेमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकाका १५ वर्षीय निमाछीरी शेर्पा र ३८ वर्षीय आङलाक्पा शेर्पा भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। सख्त घाइते आङदाना शेर्पाको भने मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनी होसमा आएको प्रहरीले जनाएको छ।

चारजना एकै ठाउँमा सुतेकामा गत आइतबार दुईजनाको मृत्यु, एक घाइते र एक बेपत्ता भएका थिए। प्रहरीले बेपत्ता भएकालाई पक्राउ गरिसकेको जनाएको छ। प्रहरीले अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिदैं छाडेको जनाएकोछ। मृतक दुईजना मजदूरको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा राखिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger