Latest Updates :

भारतीयले गुट्खा खाएर जथाभावी थुक्न थालेपछि अमेरिका सरकार हैरान

SHARE THIS POST :
एजेन्सी, भारतमा गुट्खा खाने मानिसहरुको संख्या करोडौं छ । भारतमा एक दिनमा करिब ७ करोड प्याकेट गुट्खा विक्रि हुने गरेको छ । यो एक गम्भिर समस्या हो । यसले मानिसको ज्यान लिने खतरा भएपनि मानिसहरु यसको प्रवाह नगरी खुट्खा खाने गर्छन ।
गुट्खा खानाले मुखका क्यान्सर जस्ता खतरनाक रोग लाग्ने सम्भावना बढी हुन्छ । भारतका केही राज्यमा यसलाई प्रतिवन्ध समेत लगाइएको छ । तर, गुट्खाको लोकप्रियता युवा देखि बुढासम्म छ । यसको लोकप्रियताको कारण सस्तो मूल्यनै हो । भारतीयहरुमा सस्तो नशामा फस्ने बानी परेको छ

तर, आज गुट्खा अमेरिकासम्म पुगेको छ । गुट्खाका कारण अमेरिकी सरकार हैरान बनेको छ । किनकी यसको खपत दिन प्रतिदिन बढिरहेको छ । यसले सरकारको होस उडाएको बताइएको छ ।



भारतका जनता एक दिनमा करिब ७ करोड गुट्खाको प्याकेट खाने कुरा तपाईहरुलाई जानकारी होला । अमेरिकाको ओहायो राज्यमा पनि धेरै युवा गुट्खा खाने गरेका छन् ।



सरकारी अधिकारी यसलाई ड्रग्स जस्तै देख्ने गरेका छन् । र यसलाई प्रतिवन्ध लगाउने सोचमा पुगेको बताइएको छ । अमेरिकाका अधिकारीहरु भारत र नेपालबाट अवैध तरिकाले अमेरिका ल्याइएको बताउछन् । गुट्खा र तम्बखु क्यान्सको मुख्य कारण भएको भन्दै अमेरिकी सरकार यसलाई प्रतिवन्ध लगाउने कोशिसमा छ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger