Latest Updates :

म मरेपछि यो भिडियो समाचारमा देखाइदिनु’ भन्दै यी युवकले गरे आत्महत्या (भिडियोसहित)

SHARE THIS POST :
म मरेपछि यो भिडियो समाचारमा देखाइदिनु’ भन्दै यी युवकले गरे आत्महत्या (भिडियोसहित)


मानिसहरु चर्चामा अाउन या मिडियामा अाउनको लागि अनौठा कार्यहरू गरेको त पक्कै सुन्नुभएको होला तर आफु चर्चामा अाउन र हरेक अखबारको फ्रन्टपेजमा अाफ्नो फोटो छाप्ने चाहनाका लागि ज्यानै दिएको घटना कमै सुन्नु भएकाे हाेला । धेरैले सुन्नुनै भएकाे छैन हाेला पनि ।तर भारतमा एक युवकले त्यस्तै गरेका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार न्यूज च्यानलहरुमा चर्चामा अाउनको लागि भारत मेहन्दीपुरको बालाजीमा एक युवकले आत्महत्या गरेका छन् ।उनले रुखमा झुण्डिएर अात्महत्या गरेका हुन् ।ति युवकले मर्नुभन्दा अगाडी आफ्नो मोबाइलमा एउटा भिडियो बनाएका थिए । जसमा उनले आफ्नो अन्तिम इच्छा यस्ताे छ भनेर सुनाएका थिए । उनकाे अन्तिम इच्छा भनेकाे मरेपछि सबै न्यूज पेपरमा आफ्नो फोटो र हरेक न्यूज च्यानलमा अाफ्नाे भिडियो देखाइयोस् भन्ने थियो । तर उनले किन यस्ताे गरे भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेकाे छ ।अाखिर त्यो भिडियो मृतक अाफैले बनाएको हो या कसैको दबाबमा अाएर यस्तो गरिएको हो भन्ने बारेमा जनकारी लिन प्रहरीले अाफ्नाे काम गरिरहेकाे छ ।भारतको मेहन्दीपुर बालाजी पुलिस चौकीका अनुसार मृतक मुकेशले रेकर्ड गरेको भिडियोका अनुसार उनले अाफु उक्त मृत्युको पछाडी कोहि जिम्मेदार नरहेको बताइएको छ । उनलाई कसैसँग कुनै त्यस्तो किसिमको अापत्ती नरहेको र आफु खुसीले मृत्युलाई रोजेको देखिएको छ । ति युवक दिल्लीमा बस्दै अाएका थिए ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger