भारतको लागी मर्नु बाध्यता कि रहर ? आखिर कहिले सम्म प्राण दिने भारतको लागि ? विदेशी भूमिको सुरक्षार्थ हजारौंको संख्यामा नेपाली युवाहरु लाहुरे हुने क्रम बर्षोनी बढ्दो छ । आउने मंगसिर महिनामा देशका विभिन्न रिक्रुट भर्ती शिविरमा भारतीय गोर्खा आर्मीका लागि खुल्ने प्रारम्भिक छनौटका लागि अहिलेको निम्ति आफ्नो रगतपसिना बगाउन तम्सिएका युवाहरुको यो विदेशी वर्दीको मोह बाध्यता हैन रहर हो । धेरै युवाहरु नेपालमै केहि गर्न सक्ने क्षेमता भएका युवाहरु भारतीय आर्मी बन्नकै लागि लाखौं खर्च गरिरहेका हामी देख्न सक्छौं जुन त्यहि पैसाले नेपालमा व्यवसाय गर्ने हो भने राम्रै आम्दानी हुने सम्भावना छ ।
धेरैको लागि इन्डियन लाहुरे र ब्रिटिश लाहुरे हुनु रहर र शानको विषय भएपनि केहि युवाहरु बाध्य भएर लाहुरे पेशा रोज्ने गरेका छन १ विदेशी सेनामा भर्ती भएर अर्काका लागि गोली थाप्न तयार हुनु निश्चय पनि राम्रो होइन तर हिजो बन्दुक बोकेर गाउँमा त्राहीमाम मच्चाउनेहरु नै सरकारमा पुगिसकेपछि पनि गाउँमा बढ्दै गएको हत्या, आतंक, ब्र्रिदो आर्थिक, सामाजिक एवं शैक्षिक स्थिति र सरकार चलाउने ठूला नेताहरुको स्वार्थी चरित्रबाट विरक्तिएका युवाहरुमा लाहुरे बन्ने मोह पहिलेको तुलनामा कैयौं गुणा बढेको छ । देशिक रोजगारीको लागि लाखौं रुपैयाँको जोखिम उठाउनु पर्ने, दलाललाई गुहार्नु भन्दा आकर्ष तलब, भत्ता र पेन्सन समेत बिना लगानी प्राप्त गर्न सकिने हुनाले विदेशी वर्दीको मोहले आम नेपाली युवाहरुलाई तानिरहेको छ ।
देशको सेवा गर्न पाइएन, ज्यान जोगाउन र जीविका चलाउन बाध्य भएर लाहुरे बन्नु परेको बताउने अधिकांश युवाहरु छाति नपाउन अर्धनग्न शरिरमा लामवद्ध भएर विदेशी सैन्य अधिकृतका सामु उभिएकी रिकुट शिविरको दारुण दृश्यले देश चलाउने र राष्ट्रवादीको राग अलाप्ने कसैलाई पनि ग्लानी भएको छैन ।
गोर्खा भर्ती केन्द्र बन्द गर, भनी आफू सत्तामा नपुग्दासम्म क्रान्तिकारी भाषण गर्ने एमाले, जनयुद्ध शुरु गर्नु अघि सरकार सामु प्रस्तुत ४० सुत्रीय मागमा गोर्खा भर्ती बन्द गर्नुपर्ने बुँदा समावेश गर्ने माओवादीलगायतका घटकहरु अहिले सरकारमा छन् र पनि यो प्रक्रिया निर्वाध रुपमा संचालन हुँदैछ ।
आफूलाई राष्ट्रवादी देखाउँदा विरोध गर्ने तर सत्तासिन हुँदा गुपचुप बस्ने यस्तो द्वैध राजनीतिक जालसाझीका कारण नेपाली युवाहरुमा विदेश पलायन हुने क्रम दिनप्रतिदिन बढ्दै छसाभार ।source: morangonline
Post a Comment