बुधबारको विभागको टोलीले भाटभटेनीमा ६ वटा म्याद नाघेका क्यानवरी, गोल्डेन डेट्स १ प्याकेट, फ्यान्टा ५०० एमएलको १ बोटल, र एउटा सेभेन अप नष्ट गरेको थियो । विभागको टोलीले टेकुस्थित हंशराज हुलासचन्द्र एण्ड कम्पनीलाई पनि कारवाही प्रक्रिया अघि बढाएको छ । सो क्रममा उक्त कम्पनीले व्यवसाय दर्ता नविकरणको कागजात देखाउन नसकेको भन्दै व्यवसाय दर्ता नविकरण, प्यान दर्ता र भ्याट दर्ता लगायत कागजातहरु ३ दिनभित्र विभागको कार्यालयमा बुझाउन निर्देशन दिइएको छ ।
यस कम्पनीलाई प्रज्ञापनपत्र, आयात हुने दुई पांग्रे साधनको सबै प्रज्ञापनपत्र, इन्भ्वाइसलगायत पनि कागजातसँगै बुझाउनुपर्ने विभागका सुचना अधिकृत निरज पौडेलले नेपालआजलाई जानकारी दिए । केही सातादेखि विभिन्न कम्पनीहरुमा अनुगमनको क्रममा बुधबार पनि विभागको टोलीले सुपरमार्केट, पसल र स्कुल गरी ८ ठाउँमा अनुगमन गरेको हो । विभागको टोलीले खुमलटारस्थित यूलेन्स स्कुल, टेकुसिथत हंशराज हुलासचन्द्र एण्ड कम्पनी प्राली, भाटभटेनी सुपरमार्केट र आसपासका केही पसलमा अनुगमन गरेको थियो । यसअघि नै अनुगमन भएका अटोमोबाइल्स कम्पनी र अस्पतालमाथि प्रहरीले छानविन गरिरहेको विभागका महानिर्देशक कुमार प्रसाद दाहालले बताएका छन् । केहीलाई प्रहरीले कारवाहीको प्रक्रिया अघि बढाउँदै गरेको र केहीमाथि अनुसन्धान जारी राखेको महानिर्देशक दाहालले नेपालआजलाई जानकारी दिए । आफुले पढिसकेपछि अरुलाई सचेत गराउन सेयर गर्नुहोस् ।
Post a Comment