Latest Updates :

ब्राजिल र अर्जेन्टिनामा पर्ने विश्वकै सबैभन्दा सुन्दर झरना (भिडियो )

SHARE THIS POST :
संसारमा प्राकृतिक सुन्दरताको कमी छैन।हिमाल,पहाड,समथर मैदान,जंगल,नदिनाला प्रकृतिका सुन्दर उपहार हुन्।प्रकृतिको सुन्दरता मन नपराउने यो संसारमा को होला र ? त्यसमाथी सुन्दर झरना (water falls) देख्दा मोहित नहुने मानिसहरु कमै हुन्छन्। अग्ला डाँडाबाट बगेको झरना देख्दा कसको मन खुशी नहोला ? अझ झरनालाई नजिकबाट स्पर्श गर्न मन उत्साहित हुन्छ।

ब्राजिल र तथा अर्जेन्टिनाको सिमानामा रहेको लगुवाज झरना विश्वप्रसिद्ध झरना हो। यो झरना हामिले देखेको अन्य झरना भन्दा विल्कुल फरक छ । किनकी यो अग्लो डाँडाबाट बगेको झरना होइन। यो झरना कम उचाईबाट बगेको छ।असी प्रतिशत अर्जेन्टिना र २० प्रतिशत ब्राजिलको भू-भागमा पर्ने यो झरनाको अबलोकन गर्न विश्वभरिबाट बर्षेनी लाखौं पर्यटकहरु आउने गर्छन्। दक्षिण अमेरिकाका तिन देशहरु ब्राजिल,अर्जेन्टिना र पराग्वेबाट यो ठाउँमा पुग्न सकिन्छ।

रमाईलो कुरा त के हो भने- यहाँ एउटा मात्रै होइन,इगुआजु नदीबाट २७५ झरनाहरु बनेका छन्। एकैसाथ थुप्रै झरनाहरु अवलोकन गर्न पाईने यस ठाउँ साच्चिकै अद्भत छ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger