कमेडियन कपिल शर्मा जतिबेला प्रशिद्धिको उत्कर्षमा थिए, त्यहीबेला उनी सिनेमा खेल्दै थिए । हुन त त्यसअघि पनि उनले ‘किस किसको प्यार करुँ’बाट हिरो बन्ने प्रयास गरेका थिए । तर, स्टेजमा जस्तो जादु सिल्भर स्क्रिनमा देखाउन सकेनन्, उनले ।
पछिल्लो फिल्म त त्यहीबेला सार्वजनिक भयो, जतिबेला उनी ‘ओह्रालो लागेको हरिण’ जस्तै अवस्थामा थिए । लोकपि्रयताको चुलीमा पुगेर नराम्ररी पछारिएका उनलाई यहि फिल्मले तंगि्रने मौका दिन्छ कि भन्ने अपेक्षा पनि तुहियो । फिल्मले उनलाई लडेकै ठाउँमा थप थेचारिदियो ।
‘फिरंगी’ बक्स अफिसमा एकदमै कमजोर दरिए । फिल्मले दर्शक नै पाएन । जबकी यतिबेला उनको फिल्मसँग जुध्ने खास गतिलो अर्को फिल्म थिएन । तैपनि उनले यो मौकाको फाइदा उठाउन सकेन ।
फिल्मको विशेष शो नै झुर भयो । विशेष शोमा उनले निम्तो गरेका बलिउड सेलिब्रेटी उपस्थित भइदिएनन् । एकाध सेलिब्रेटी मात्र त्यहाँ देखापरे । जबकी कुनैबेला उनको ‘द कपिल शर्मा शो’ बलिउडको यस्तो प्लेटर्फम थियो, जहाँबाट फिल्म प्रमोशन गरिन्थ्यो ।
फिल्म रिलिजपूर्व ‘कपिल शर्मा शो’को स्टेज पाउनु फिल्ममेकरका लागि अहोभाग्य मानिन्थ्यो । तर, त्यही प्लेटर्फम तयार गर्ने कपिलले भने आफ्नै फिल्मको प्रमोशन गर्न पाएनन् ।
फिल्मको विशेष शोमा उनले हप्की समेत खानुपर्यो, निर्देशक तथा कोरियोग्राफर फराह खानको । ह्वाट्स एपमा निम्तो गरेको भन्दै फराहले कपिललाई लक्षित गरेर गाली गरिन्, ‘म्यानरलेस ।’
नयाँ बाटो बाट
प्रकासित मिति :२०७४ मंसिर २३ गते शनिबार

Post a Comment