Latest Updates :

मध्यरातमै अायो यस्तो पत्रः प्रचण्ड पिँडामा हुँदा खुसीहुनेहरुकाे नाममा एउटा मार्मिक लेख ‍….. हेर्नुहाेस र सेयर पनि गर्नुहोला

SHARE THIS POST :

मलाइ अचम्म लाग्छ खाली यति हजार र उति हजार मारेको भन्दै मान्छेहरु किन कसैको अत्यन्तै दुखद घडिमा पनि खुच्चिङ भनि रहेका छन ? के प्रचण्ड बिना कारण कसैको हत्या गर्दै हिनेका थिए ? के त्यो युद्दको कुनै औचित्य र अर्थ नै थिएन त ?
याद रहोस त्यो युद्द कुनै बिदेसिले नभइ यहि देशका नागरिकहरुले लडेका थिए । यहि देश भित्रको असमानता, गरिबी र बिभेदले त्यो युद्ध निम्त्याएको थियो । जसको नेतृत्व प्रचण्ड र बाबुरामहरुले गरे ।
के त्यो १० बर्से युद्द नहुदो हो त २०६२/६३ को सफल जन आन्दोलन सम्भब हुने थियो ? राजतन्त्रको अन्त्य सम्भब थियो ? गण तन्त्र यति छिटै आउथ्यो ? जनताले आफ्नो संविधान आफै लेख्न पाउथे ? के आधारमा प्रचण्डलाइ पापी भन्छौ ?
जन्मिदै कसैको रैती बनेर जन्मिने तिमिलाइ रास्ट्र प्रमुख सम्म बन्न सक्ने ब्यबस्था ल्याउनु पाप हो ? कि तिमिलाइ अधिकार सम्पन्न र स्वतन्त्र बनाउनु पाप हो ? फुलको गुच्छा हाना हान गरेर सशस्त्र युद्ध लडिदैन, युद्धको क्रममा जन धनको क्षति हुन्छ नै ।

के माओबादिले एक तर्फी युद्ध गरेको थियो ? के तत्कालिन राज्य सत्ताले कसैको ज्यान लिएन ? तिमी सुख सुबिधा उपभोग गरेर सामान्य जीवन यापन गरि रहेको थियौ भन्दैमा सारा नेपालीले सुखको सास फेर्न पाएका थिए भन्ने सोच्छौ ? तिम्रा छोरा छोरी र नातेदारलाइ राम्रो थियो भन्दैमा सबैलाइ राम्रो थियो भन्ने लाग्छ ?
युद्ध किन भयो कसले गर्यो भनेर ती बाबू साहेबबाट बलत्कृत भएकी बिस्वकर्मा बहिनीलाइ सोध, पसिनाको मूल्य नपाएका बिरे दाजुलाइ सोध, रुपिया लिएर लाख तिर्दा पनि साहुको रिन तिरि नसकेका इन्द्रे काकालाई सोध, सबैले पुज्ने भगुवान मन्दिर भित्र पसेर पुज्न नपाएका तिलक बहादुर परियार बाजेलाइ सोध, अछुत भनिएकी फुलमती सार्की भाउजुलाई सोध ।
अझ तिनिहरुले पनि उत्तर दिएनन भने मधेसमा पुस्ता देखि दास बनेर बसेका कमारा/कमारीलाई सोध, मुसहर माझि थारुहरुलाई सोध किन तातो गोलि थाप्न तयार भएर युद्धमा होमियौ ? ल माने त्यो युद्द अपराध नै थियो र माओबादिहरु अपराधी नै थिए ।
त्यसो भए निमुखा निर्दोस गरिब र वृद्धहरुको ढाडमा लात बर्साउने, छातिमा गोलि दाग्ने, गरिब दुखी असाह्य चेली बेटिको इज्जत लुट्ने राज्य सत्ता, डिएसपी र कर्नेलहरुको किन हिसाब किताब हुदैन ? किन तिनिहरुको पाप धर्म छुट्याउदैनौ ?

हो युद्धका बेला केही गलत ब्यक्ती र समुहले अस्थिरताको फाइदा उठाएर गलत काम गरे, केही अत्यन्तै दु:खद घटना घटे तर त्यसको जबाफदेहिता माओबादिले मात्रै लिनेकी तत्कालिन राज्यसत्ता, राजनितीक दल र सेना प्रहरिले पनि लिने ?
तिम्रो बाजे बराजु र हजुरबाले गरेको विभेद, अन्याए र अत्याचारको बिरुद्ध सल्केको ज्वालाको रापले थोर बहुत तिमिलाइ पनि पोल्यो होला ! धेरै सानो मन नगर सहि देउ तिमिले पनि सहनु हुन्छ ।
बर्सौदेखि ती सोझा सिदा र निमुखाहरुले तिमिहरुको अन्याय र असमानता सहेर बसे । १० बर्से युद्धले तिनिहरुलाई आफ्नो अधिकारका विषयमा बोल्न सिकायो, असमानताको बिरुद्ध लड्न सिकायो अनि तिमिलाइ पीडा भो हैन ? तातो गोलि छातिमा थापेर, ज्यानको आहुती दिएर जस्ले तिमिलाई यो स्वतन्त्रता दिलायो त्यही स्वतन्त्रताको दुरुपयोग गर्दै तिनिहरुलाई नै हरेक आक्षेप नलगाउ पाप तिमीलाई लाग्ला !!!
टक्करन्यूजबाट साभार

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger