Latest Updates :

लोकदोहोरी गायक सागर बोहराको निधन

SHARE THIS POST :

काठमाडाैं । चर्चित लोकदोहोरी गायक सागर बोहराको निधन भएको छ । दर्जन भन्दा बढी गीत गायका सगर बोहरा उनका भतिजहरु विदेश जान लागेको बेला एकचोटी भेटुँ भनेर कोठामा जाँदा कोठाको ढोका खुलै भएको र उनी सुतिरहेकै अवस्थामा मृत भेटेका थिए ।

तिबेला उनको शवलाई प्रहरीहरुले मुचुल्का उठाउने कार्य भइरहेको गायक गणेश जिसी मार्फत जानकारी प्राप्त भएको छ । फोक्सो, लिभर र प्रेसरको समस्याले ग्रसित भएको फेला पारेपछि गायक गणेश जिसी, जुनु पुन लगायतले उपचारका लागि काठमाडौं ल्याएका थिए ।

केही समय अघि मात्र काठमाडौंको धापासीस्थित ग्राण्डी हस्पिटलमा उपचार गराएपछि सामान्य रुपमा फर्किएका गायक बोहराले काठमाडौंको गणेशस्थान नजिकै डेरा लिएर बस्दै आएका थिए ।

उनको स्वास्थ्य स्थिति सामान्य रुपमा आएपछि बसपार्कमा कामसमेत गर्न थालेको गायक गणेश जिसीले बताए । उनका अनुसार गायक बोहरा एक्लै भएका कारण पुनः मादकपदार्थ सेवन गर्न थालेको हुँदा निधन हुन पुगेको हुनसक्ने बताएका छन् ।

गायक बोहराका कहिले माया लाउँदै, न्याउली जस्तै रुन्छु, अर्कैले सिन्दुर भरेको, बुटवल पोखरा लगायत जस्ता चर्चित गीतहरु बजारमा छन् ।

सुमधुर स्वरका धनी गायक बोहरा लामोसमय गाउँमा नै गुमनाम भएर बसेका थिए । news24nepal.tv

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger