Latest Updates :

अन्तर्राष्ट्रिय फुटबलबाट स्ट्राइकर अनिल गुरुङले लिए सन्यास

SHARE THIS POST :
फिलिपिन्सबिरुद्धको खेलसँगै ५०औं अन्तर्राष्ट्रिय खेल पूरा गरेका ३१ वर्षे स्ट्राइकर अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ८२औं मिनेटमा सुजल श्रेष्ठलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका अनिलले आफ्नो अन्तिम खेल करीव १० मिनेटमात्र खेले । १० वर्षे अन्तर्राष्ट्रिय फुटबल करिअरमा ५० अन्तर्राष्ट्रिय खेल पूरा गरेका उनले १० गोल गरेका छन् ।

सन् २००८ मा पाकिस्तानबिरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो गोल गरेका उनले सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतबिरुद्ध १०औं अन्तर्राष्ट्रिय गोल गरेका थिए ।पछिल्ला दुई वर्षमा राष्ट्रिय टोलीमा पर्न संघर्षरत थिए । अखिल नेपाल फुटबल संघ एन्फाले बिशेष कार्यक्रम गरी मंगलबार अनिलको बिदाई गरेको छ । भेट्रान स्ट्राइकर अनिल गुरुङको अन्तिम अन्तर्राष्ट्रिय खेलमा नेपालले फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको छ । सन् २०१९ मा हुने एएफसी एशियन कप छनोट चरणको आफ्नो पाचौं खेलमा नेपालले समूहको शीर्ष स्थानमा रहेको फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो ।

छनोट चरणका सुरुवाती चार खेलमा जित हासिल गर्न नसकेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ । शीर्ष स्थानमा रहेको फिलिपिन्सका लागि भने यो नतिजाले धक्का लागेको छ । समूह एफमा फिलिपिन्सको ५ खेलबाट ९ अंक भएको छ भने दोस्रो स्थानमा रहेको यमनको ४ खेलबाट ६ अंक छ । छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४-१ गोलले पराजित भएको थियो । घरेलु दर्शकको साथ पाएको नेपालले बहादुरीपूर्ण प्रदर्शन गर्दै फिलिपिन्सलाई बराबरीमा रोकेको हो । न्यूज२४बाट

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger