कुरा रोनाल्डो पहिलो पटक फुटबल खेल्न अमेरिका पुगेको समयको । त्यसबेला उनी कस्तो खेल्छन् भन्ने विषयले सबैमा कैतुहलता र बहस भइरहेको छ । ठिक त्यहीबेला रोनाल्डो आफू बसेको होटलमा अन्डरवेयरमै कोठाबाट बाहिर निस्कन्छन् । उनी फेरि कोठाभित्र प्रवेश गर्न खोज्छन् तर, ढोका बन्द भइदिन्छ ।
त्यति नै बेला त्यहाँ आइपुगेकी होटलकी एक वेटरले अर्धनग्न अवस्थाका रोनाल्डोको फोटो खिच्न भ्याउँछिन् । र, ढोका पनि खोलिदिन्छिन् । त्यसपछि उनी यो फोटो समाजिक सञ्जालमा शेयर गरिदिन्छिन् । केही समयमै यो फोटो फेसबुक र ट्वीटरमा भाइरल हुन्छ ।
एकै छिनमा त रोनाल्डोले कसरी खेल्छन् टेलिभिजनमा अर्धनग्न तस्विर आउँछ र यसकै चर्चा सुरु हुन्छ । त्यो समाचार टेलिभिजनमा रोनाल्डोले पनि देख्छन् र मुस्कुराउँछन् । एकछिन अगाडि आफ्नो खेलको समाचार हेरिरहेका रोनाल्डो एक छिनपछि अर्धनग्न तस्वीर देखेर छक्कै पर्छन् ।
हेर्नुस् भिडियोः
साभार- http://www.pnpmedianepal.com
Post a Comment