Latest Updates :

पल शाह र अांचल शर्मा बिचको प्रेम सम्बन्ध बारे आंचलले दिइन यस्तो प्रतिकृया (भिडियो सहित)

SHARE THIS POST :
पल शाह र आचल शर्माको मुख्य अभिनय रहेको चलचित्र “जोनी जेन्टलम्यान” यतिबेला प्रोमोसनमा ब्यस्त छ। चलचित्र योर स्टाईल पिक्चर्स र ए.जि इन्टरटेनमेन्टको सहकार्यमा निर्माण गरिएको हो। चलचित्रमा पल र आचलका अलावा बिकास जोशी, जैन कुवर, सन्तोष सिलवाल गिरी लगायत को अभिनय रहेको छ।

महेश दवाडीको कथा रहेको चलचित्र लाई नितिन चन्द ले निर्देशन गरेका हुन। रुपेश थापा र राम शरण उप्रेतीको छायाङ्कन रहेको चलचित्रलाई नबिन निरौलाले सम्पादन गरेका हुन। चलचित्रमा अर्जुन पोख्रेल, हर्कुलस बस्नेत, ब्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ भने अन्जु पन्त, सुरेश लामा,हर्कुलस बस्नेत,ब्रिजेश श्रेष्ठ र स्वचित शाक्यको स्वर रहेको छ।

पारश बिक्रम शाह र देभ महर्जन को द्वन्द रहेको चलचित्रको कोरियोग्राफर केसब थापा र प्रबिन सिंह हुन। चलचित्रलाई अन्द्रेउ पौडेलले निर्माण गरेका हुन भने सन्जु शाह सह-निर्माता रहेका छन। चलचित्रका कार्यकारी निर्माता अजय मल्ल ठकुरी हुन। चलचित्र भाद्र ३० देखी रिलिज हुँदै छ। पल शाह र आचल शर्मा ले सुत्र इन्टरटेनमेन्ट सँगको कुराकानीमा उनिहरुले एक अर्काको पोल मज्जैले खोले। आचल भन्छिन “पल कार्यक्रमहरुमा देख्दा जती जेन्टल देखिन्छ वास्तवमा त्यसको उल्टो छ। उनी दुई बिचको प्रेम सम्बन्ध बारे भएको चर्चाको बिषयलाई लियर यस्तो प्रतिकृया दिए।
हेर्नुस् भिडियो






साभार- http://www.pnpmedianepal.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger