कसैले एकै तरिकाबाट हत्या गर्ने गरेका छन् भने कसैले फरक फरक तरिकाले हत्या गर्ने गर्छन् । उनीहरुले जसरी हत्या गरेपनि केहि न केही सबुत भने राख्ने गर्छन् । ताकी हत्यारा पहिचान गर्न सकोस् तर आफुलाई पक्रन नसकोस् । आउनुहोस् तपाईलाई हामी यस्तै खुंखार सिरियल किलरहरुको बारेमा जानकारी दिँदैछौँ ।
१. रोडनी अल्काला (डेटिङ गेम किलर)
रोडनी अल्कालालाई डेटिङ गेम किलर भनिन्छ । ७० को दशकमा यिनले एक टिभीमा डेटिङ शो जितेका थिए । जुन शो मा उनले एक युवतीसंग डेटिङ जानुपर्ने इनाम मिलेको थियो । तर उनले ति युवतीलाई अस्विकार गरे । तब युवतीले यसलाई राम्रो मानिनन् । त्यसपछि उनले ति युवतीको हत्या गरिदिए ।
त्यसपछि उनको हत्या गर्ने श्रृंखला सुरु भयो । त्यसपछि उनले महिलाको हत्या गर्दै गए । उनले ८ महिलाको हत्या गरेको भनिएपनि १ सय ३० महिलाको हत्या गरेको अनुमान छ । उनले जसको हत्या गर्थे अति नै क्रुर तरिकाले गर्थे । उनले सुरुमा घाँटी रेट््थे, जब घाँटीबाट सास आउन थाल्थ्यो । उनले हातले छोपिदिन्थे । फेरी सामान्य हुन खोजेपछि घाँटी थिच्थे । कैयौँ पटक यसो गरेपछि मात्र उनले मार्थे ।
२. चाल्र्स अलब्राइट (आइबल किलर)
चाल्र्स अलब्राइट पनि खतरनाक सिरियल किलर थिए । उनलाई आइबल किलर पनि भनिन्छ । उनी जसलाई हत्या गर्थे तिनको आँखा झिक्ने गर्दथे । यिनी बच्चा हुँदा मानसिक विकृतिको लक्षण देखिएको थियो । त्यसबेला नै उनी जनावरलाई मारेर आँखा निकाल्ने गर्दथे । जवानको बेला एक केटीलाई छेडखान गरेको आरोपमा उनले कारबाही समेत भोगे । त्यसपछि उनी अपराधिक जगतमा आए । उनले रेकर्डमा आए अनुसार ३ जनाको आँखा निकालेर हत्या गरेका थिए । हाल उनलाई आजन्म काराबासको सजाय भोगिरहेका छन् ।
३. चाल्र्स क्युलेन (एञ्जल अफ हिभन)
न्यूजर्सी। अमेरिकाका चाल्र्स क्यूलेन पुरुष नर्स थिए । उनले ४० जना विरामीलाई औषधीको ओभरडोज दिएर मारेको स्वीकार गरेका छन् । उनले बयानमा भनेका छन् की विरामीलाई दया मृत्यु दिएको हो । उनले जति विरामीलाई मारे तिनको र चाल्र्सको कुनै दुष्मनी थिएन । अस्पतालमा मरेका विरामीको पोष्टमार्टम रिपोर्ट तयार गर्दा जाँघमा सिरिञ्जले घोचेको निशानी फेला पथ्र्यो । यसले गर्दा झन् प्रहरीलाई चकित बनाएको थियो । बयानमा उनले ४० जनाको हत्या गरेको स्वीकार गरेपनि उनले त्यो भन्दा धेरै मानिसको हत्या गरेको अनुमान छ ।
४. कालिन आयरल्याण्ड (शवलाई खेलौना बनाउने)
सन् १९९३ मा इंग्ल्याण्डका कालिन आयरल्याण्ड एक समलैङ्गिक पुरुष हत्यारा बनेका थिए । उनी आफ्नो शिकार फसाउन गे बनेका थिए । उनी आफ्नो शिकार मारेपछि टेडी वियर र खेलौना जस्तै सजाउने गर्थे । उनी एकदमै राम्रो अभिनय पनि गर्थे । उनले ६९ जनालाई हत्या गरेर विभिन्न पोजिशनमा सजाएर राखेका थिए ।
५. डेनिस रेडर (स्टाइल बीटीके)
यी खुंखार सिरियल किलरले मार्ने तरिका फरक थियो । उनी सिकारलाई सुरुमा अन्धा बनाउँथे तब मात्र मार्ने गर्दथे । उनले १९७४ देखि १९९१ मा १० जनाको हत्या गरेका थिए । उनी चुपचाप कसैको घरमा पस्थे, र जसलाई मन लाग्यो उसलाई बाँधेर ल्याउँथे । त्यसपछि उनी त्यो व्यक्तिको आँखामा पट्टी लगाएर बारम्बार सताएर मार्थे । जब उनले गरेको एक हत्याको नङ्ग उसको साथमा फेला पर्यो र डिएनए टेस्टबाट सबुत मिल्यो तब मात्र उनी पक्राउ परे ।
६ं जोन जर्ज (एसिड बाथ मर्डरर)
४० को दशकमा जोन जर्जले इंग्ल्याण्डमा ६ भन्दा बढिको हत्या गरेका थिए । उनले जसलाई मार्थे त्यो शरीरलाई एसिडले नुहाइदिने गर्थे । यसो गर्दा त्यो शरीरको हड्डीमात्र बाँकी रहन्थ्यो । उनी पैसाको लागि हत्या गर्ने गर्थे । उनी जब पक्राउ परे तब उनलाई फाँसीमा चढाइयो ।
७. रिचार्ड रोजर (लास्ट कल किलर)
न्यूयोर्कका रिचर्ड रोजरलाई लास्ट किलर भनिन्थ्यो । उनले ९० को दशकमा पहिलो पटक हत्या गरेका थिए । उनले हत्या गर्ने मानिसहरु ४० वर्ष आसपासका समलैंगिक पुरुषहरु हुन्थे । उनले चाकुले घोची घोची हत्या गर्थे र त्यसलाई काटेर तीनवटा ब्यागमा भर्ने गर्थे । पहिलो व्यागमा टाउको, दोस्रो व्यागमा जिउ र तेस्रो व्यागमा खुट्टा राख्ने गर्थे ।
साभार::medianp.tv
Post a Comment