Latest Updates :

यसरी गरियो सांसददेखि प्रधानमन्त्रीसम्मको श्राद्ध

SHARE THIS POST :
काठमाडौँ । मकवानपुरको हेटौँडामा बस्दै आउनुभएका एक व्यक्तिले यो पटकको गाईजात्राको अवसरमा सांसददेखि प्रधानमन्त्रीसम्मको श्राद्ध गर्नु भएको छ ।

हेटौँडा निवासी राकेश कुमार शर्माले हेटौंडाको बुद्ध चोकमा बसेर गाईजात्राको अवसरमा सांसद, मन्त्री, नेता र प्रधानमन्त्रीको गाईजात्रे श्राद्ध गर्नुभएको हो । उहाँले गाईजात्रे श्राद्ध गर्ने क्रममा नेताहरुमाथि तिखो व्यंग्य गर्नुभएको छ । उहाँले श्राद्धका क्रममा राजतन्त्र फाल्ने नाममा नेताहरुमाथि डलर खाएको आरोप लगाउनुभएको छ ।

‘प्रधानमन्त्री, मन्त्री सांसद, सभासद् र नेताहरूले राजसंस्था फाल्ने नाममा डलर र पाउण्ड खाएर हिन्दु राष्ट्र (धर्म) बेचे, ०६२÷०६३ को जनआन्दोलन पश्चात् लोकतन्त्र, प्रजातन्त्र गणतन्त्र को दुरुपयोग गरे, संविधान निर्माणको नाममा राज्यकोष ढुकुटी दुरुपायेग गरे’, उहाँले भन्नुभएको छ ।  यो श्राद्धका लागि शर्मालार्इ पण्डित डिकनाथ पौडेलले सघाउनुभएको थियो ।

शर्माले श्राद्धपाठ गर्दै अगाडि भन्नुभएको छ, ‘प्रधानमन्त्री, मन्त्री सांसद, सभासद् र नेताहरूले १९५० को सन्धिमध्ये सुगौली सन्धिअन्तर्गत महाकाली सन्धि, टनकपुर सन्धि, गण्डक सन्धिमध्ये जो जो प्रधानमन्त्री हुँदै दक्षिण दिशातिर (अमुक अमुक देशतर्फ) लागे मनोमानी गरी फर्केर आएका नेतामध्ये यहाँ आज मिति २०७४ साल श्रावण २४ गतेका दिनमा प्रधानमन्त्री, मन्त्री सांसद, सभासद् र नेताहरू सबैजनाको एकमुष्ट गाईजात्रे श्राद्ध ।’

गाईजात्रे श्राद्धको पूर्ण पाठ यस्तो छः

संस्कृत भाषामा
हरिऊँ तत्सत ! हरि ऊँ तत्सत ! हरि ऊँ तत्सत ! काशी काशी हाम्रा नेताले खान थाले दुई महनीनाको बासी भारत वर्षे भारत खण्डे भारतका उत्तर भागे नेपाल खण्ड मध्य भागे प्रधानमन्त्री, मन्त्रीण, सांसदेन सभभासदह तथा नेतागणेन राजसंस्थायाम सत्ता च्युत कर्मण निमित्तक मिलेक्ष्य राज्यस्य डलर र पाउण्ड द्रव्य संचित कर्मण दुष्ट चरित्र प्रर्दर्शित हिन्दुराष्ट्र एवम् हिन्दु धर्म विनिमय कर्म करिश्यते, ०६२-०६३ संवत सरेण जनआन्दोलन पश्चात् लोकतन्त्रेन, प्रजातन्त्रेन, गणतन्त्रेन दुरुपयोग प्रर्दर्शित, संविधान निर्माण कर्मणेन नृत कर्मस्य राज्यस्य ढुकुटीन खल्ती प्रर्दश्यामी तथा प्रधानमन्त्री, मन्त्रीण, सांसदेन तथा नेता मण्डल १९५० को सन्धिमध्ये सुगौली सन्धि अन्तर्गत महाकाली सन्धि, टनकपुर सन्धि, गण्डक सन्धि मध्य जो जो प्रधानमन्त्री हुँदै दक्षिण दिशा तिर (अमुक अमुक देशतर्फ) लागे मनोमानी गरी फर्केर आएका नेता मध्य यहाँ आज मिति २०७४ साल श्रावण २४ गते का दिनमा प्रधानमन्त्री, मन्त्रीणः, सांसदेन तथा नेतागणेन एकमुष्टेन गोजात्र श्राद्धम् ।

नेपाली भाषामा
प्रधानमन्त्री, मन्त्री सांसद, सभासद् र नेताहरूले राजसंस्था फाल्ने नाममा डलर र पाउण्ड खाएर हिन्दु राष्ट्र (धर्म) बेचे, ०६२÷०६३ को जनआन्दोलन पश्चात् लोकतन्त्र, प्रजातन्त्र गणतन्त्र को दुरुपयोग गरे, संविधान निर्माणको नाममा राज्यकोष ढुकुटी दुरुपायेग गरे । प्रधानमन्त्री, मन्त्री सांसद, सभासद् र नेताहरूले १९५० को सन्धि मध्य सुगौली सन्धि अन्तर्गत महाकाली सन्धि, टनकपुर सन्धि, गण्डक सन्धिमध्ये जो जो प्रधानमन्त्री हुँदै दक्षिण दिशातिर (अमुक अमुक देशतर्फ) लागे मनोमानी गरी फर्केर आएका नेतामध्ये यहाँ आज मिति २०७४ साल श्रावण २४ गतेका दिनमा प्रधानमन्त्री, मन्त्री सांसद, सभासद् र नेताहरू सबैजनाको एकमुष्ट गाईजात्रे श्राद्ध



    कांग्रेस्य कोसी र गण्डकी नदीनाला हस्तान्तरण भारत तृप्यन्ताम् ।
    एमालेस्य र कांग्रेस्य मिलीजुली महाकाली र टनकपुर नदीनाला हस्तान्तरण भारत तृप्यन्ताम् ।
 दशगजा अतिक्रमण जस्ता सुस्ता, महेसपुर, कालापानी र लिपुलेक हस्तारन्तरण भारत तृप्यन्ताम् ।
 सङ्घीयता अफाब सिद्ध तृप्यन्ताम् ।
 प्रधानमन्त्री, मन्त्री सांसद, सभासद् र नेताहरूले राजसंस्था फाल्ने नाममा डलर र पाउण्ड खाएर हिन्दु राष्ट्र (धर्म) बेच्नेहरु तृप्यन्ताम् ।
 प्रधानमन्त्री, मन्त्री सांसद, सभासद् र नेताहरूले ०६२÷०६३ को जनआन्दोलन पश्चात् लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र को दुरुपयोग गरेकोले तृप्यन्ताम् ।
 संविधान निर्माणको नाममा राज्यकोष ढुकुटी दुरुपायेग गर्नेहरु तृप्यन्ताम् ।
 प्रधानमन्त्री , मन्त्री, सांसद र नेताहरू द्धारा प्रदेश नामकरण मुलुक खण्ड खण्ड विभाजन तृप्यन्ताम्  ।
 राष्ट्रघाती र विकाऊ प्रधानमन्त्री, मन्त्री सांसद र नेताहरू तृप्यन्ताम् ।
 प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरू द्धारा राज्यकोष ढुकुटी तृप्यन्ताम्  ।
गिरिजा, सुशील, प्रचण्ड, बाबुराम भट्टराई, कमल थापा, शेर बहादुर देउवा लगायत सम्पूर्ण मधेशवादी पार्टीस्य सङ्घीयता नाम सम्पूर्ण तराई भु–भाग अमुक अमुक देशे तृप्यन्ताम् ।
सरकारी अस्पतालहरुमा सरकारबाट गरिबका नाममा आउने औषधीहरु तृप्यन्ताम् ।
नेपाल आयल निगम आपूर्ति तृप्यन्ताम्  ।
शोषक र सामन्तीहरु द्धारा भारत र नेपाल सिमाना बाँध बाधी सम्पूर्ण जनता डुबानमा परी तृप्यन्ताम् ।
प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरू द्धारा भूकम्प पीडित रकम तृप्यन्ताम्, भूकम्प पीडित तिरपाल तृप्यन्ताम््, भूकम्प पीडित राहत तृप्यन्ताम् ।
सुकुमबासी समाधान आयोग तृप्यन्ताम् ।
प्रधानमन्त्री, मन्त्री सांसद र नेताहरू द्धारा नेपालको २७ वटा उद्योग तृप्यन्ताम् ।
क्रमशः बिराटनगर जुटमिल तृप्यन्ताम् । भृकुटी कागज कारखाना तृप्यन्ताम् । बाँसबारी छाला जुत्ता तृप्यन्ताम् । हेटौंडा कपडा उद्योग तृप्यन्ताम्, । हेटौडा छाला उद्योग तृप्यन्ताम्, । बिरगंज चिनी मिल तृप्यन्ताम् । कृषि औजार कारखाना तृप्यन्ताम् । टिम्बर कार्पोरेशन अफ लिमिटेड तृप्यन्ताम् । जनकपुर चुरोट कारखाना तृप्यन्ताम् । ट्राली बस सेवा तृप्यन्ताम्, । हेटौडा काठमाण्र्डौ रोपवे तृप्यन्ताम् । चौबार सिमेन्ट उद्योग तृप्यन्ताम् । बुटवल धागो कारखाना तृप्यन्ताम् । बालाजु कपडा उद्योग तृप्यन्ताम् । हरि सिद्धि ईंटा उद्योग तृप्यन्ताम् । आदी इत्यादि सरकारी उद्योग र कल कारखानाहरु तृप्यन्ताम् ।
काठमाण्डौं हेटौंडा सुरुङ्गमार्गलाई ठगी खाने भाँडो बनाउनेहरु तृप्यन्ताम् ।
निर्वाचन अयोगले निष्पक्ष निर्वाचन गराउन नसकेकोले निर्वाचन आयोग तृप्यन्ताम् ।
निर्वाचन आयोगले निर्वाचनमा आचारसंहिनता उल्लंघन गर्नेहरुलाई कार्वाही नगरेकोले निर्वाचन आयोग तृप्यन्ताम् ।
स्थानीय तह निर्वाचन पश्चात् स्थानीय तहका जन प्रतिनिधि हरू बाट कर वृद्धि गरेकोले स्थानीय निकायहरू तृप्यन्ताम् ।
यो देश बेची लुटेर खाने लुटेराहरु तृप्यन्ताम् ।
    सम्पूर्ण दर्शकवृन्द आ–आफ्नो मुन्टो बटारी गृह प्रस्थानम् इति गोजात्र श्राद्धम् समाप्तम्

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger