Latest Updates :

फिल्ममा बढ्दै गएको लोकगीत शैली, कथाको माग या हिट हुने चाहाना?

SHARE THIS POST :

– दिप्सन लुइटेल
फिल्म चल्ने वा नचल्ने कुरामा फिल्ममा समावेश गरिने गीत संगीतले ठुलो भुमिका खेलेको हुन्छ। फिल्मको प्रचार प्रसार देखि दर्शक हल सम्म तान्ने काममा पनि गीत संगीतले मद्दत पुर्याएको हुन्छ। फिल्ममा गीत संगीतको आवाश्यकता पनि रहन्छ। फिल्ममा कथाबस्तु अनुरुपको गीत राखिनुले फिल्म र फिल्मको प्रस्तुतिकरणलाई पनि राम्रो बनाइदिन्छ।
केही समय अघिका फिल्मी गीतहरुमा मौलिकपन कमै मात्रमा देखिन्थ्यो। तर अहिले निर्माण भएका गीत संगीतमा मौलिकपना एकदमै देखिन्छ। फिल्म ‘नाइ नभन्नु ल ४’मा राखिएको गीत ‘मैना राजा’लाई दर्शक श्रोताले मन पराइदिए। गीत मौलिक शब्दको प्रयोग गरी लोकलयमा तयार पारिएको थियो। गीतको संगीतकार वसन्त सापकोटा हुन्। त्यस्तै फिल्म ‘वडा नं ६’ मा समावेश गरिएको गीत ‘सुर्के थैली खै’ एकदमै हिट भइदियो। उक्त गीत पनि लोकलयमा तयार भएको थियो। त्यस्तै फिल्म ‘छक्का पञ्जा’मा समावेश ‘पुर्व पश्चिम रेल’ले पनि तहल्का नै मच्चाइदियो। यी दुवै गीतमा राजनराज सिवाकोटीले संगीत भरेका हुन्। विस्तारै फिल्ममा लोकलयमा निर्माण भएका गीतहरु समावेश गर्न थालियो।
फिल्म ‘राधा’मा पनि एउटा लोकगीतको प्रयोग भएको थियो। ‘छप्पकै फुल फुल्यो’ बोलको गीत पनि लोकलयमै निर्माण भएको छ। गीतमा वसन्त सापकोटाको संगीत रहेको छ। फिल्म ‘म यस्तो गीत गाउँछु’को ‘किन आजकाल’ बोलको गीतलाई पनि लोकगीतको उपमा दिइएको छ। गीतमा अर्जुन पोखरेलको संगीत तथा स्वर रहेको छ।
पछिल्लो समय निर्माण भइरहेका र प्रर्दशनमा आउन लागेका फिल्महरुमा पनि मौलिक शब्दको प्रयोग गरी बनाइएका लोकगीतहरुको प्रयोग बढि नै भएको देखिन्छ। प्रर्दशनमा आउन लागेका फिल्म ‘ए मेरो हजुर २’ ‘२ रुपैयाँ’ ‘कमलेको बिहे’ ‘तिमी सँग’ लगायतका फिल्ममा पनि लोकलयका गीतहरु प्रयोग गरिएको छ।
फिल्म ‘ए मेरो हजुर २’मा समावेश ‘किनिदेउ न साइला दाई’लाइ पनि दर्शकले मन पराइरहेका छन्। लोकलयमा निर्माण भएको उक्त गीतमा वसन्त सापकोटाले संगीत भरेका छन्। गीतमा साधना सरगमले स्वर दिएकी छिन्। ‘तिमी सँग’ फिल्ममा पनि लोकगीत समावेश गरिएको छ। ‘मन मेरो चन्चले’ बोलको गीतमा दीपक पाठक र रिदम कडेलको संगीत रहेको छ। गीतमा दीपक र लबोनी चक्रवर्तीले स्वर दिएका छन्।
त्यस्तै अहिलेको एकदमै हिट गीत हो ‘कुटुमा कुटु’। जुन लोकलयमा निर्माण भएको छ। टिपिकल शब्दको प्रयोग गरि बनाइएको उक्त गीतलाई फिल्म ‘२ रुपैयाँ’मा राखिएको छ। ‘कुटुमा कुटु’मा राजनराज सिवाकोटीले संगीत दिएका छन्। गीतमा राजनराज सँगै मेलिना राई र राजन ईशानले स्वर दिएका छन्। राजनराजकै संगीतमा निर्माण भएको गीत हो ‘टाकान टुकुन’। फिल्म ‘कमलेको बिहे’मा समावेश उक्त गीत पनि मौलिक शब्दहरुको प्रयोग गरि तयार गरिएको छ। गीतमा राजनराज र माण्डवी त्रिपाठीले स्वर दिएका छन्।
तसर्थ: यहीबाट पनि फिल्ममा लोकलयका गीतहरु बढि प्रयोग गर्न थालिएको प्रष्ट हुन्छ। लोकलयमा निर्माण भएका गीतहरु सफल पनि भैरहेका छन्। तर फिल्म तथा फिल्मको गीत मात्रै हिट बनाउने उद्येश्यले फिल्मको कथाबस्तु भन्दा बहिर रहेर गीत नबनाइयोस्।



साभार- http://nepaliexpress.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger