आफूहरुले गएको २५ वर्षदेखि उत्तर कोरियासँग वार्ता नै गरिरहेको र उसले त्यसको नाजाय फाइदा लिएको ट्रम्पको भनाई छ । कारवाही बाहेक अब अर्को कुनै विकल्प नरहेको ट्रम्पले बताउनुभएको छ ।
तर अमेरिकी रक्षा मन्त्री जेम्स म्याट्टिसले भने अझै पनि वार्ताबाट समाधान खोज्न सकिने सम्भावना रहेको बताउनुभएको छ । उत्तर कोरियाले गएको मंगलबार बिहानै जापानको जमिनमाथिबाट जाने गरी मिसाइल प्रहार गरेको थियो ।
उत्तर कोरियाले भन्यो-अबको निशाना अमेरिकाको गुआम
त्यसपछि बुधबार उत्तर कोरियाले जापानको माथिबाट मिसाइल प्रहार गुर्न प्रशान्त क्षेत्रमा आफ्नो सैन्य अभियानको पहिलो चरण रहेको बताएको थियो । उत्तर कोरियाले अबको आफ्नो निशाना प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआम रहेको चेतावनी दिएको थियो ।
साभार- http://www.pnpmedianepal.com
Post a Comment