Latest Updates :

पहिलो चोटी वरुण धवनसँग रोमान्स गर्दै दिपिका, उमेरमा छ यति फरक

SHARE THIS POST :
बलिउड, एजेन्सी। भदौ ५, वरुण धवन अहिले आफ्नो आगामी फिल्म ‘जुड़वा २’को प्रमोशनमा व्यस्था छन्। यो फिल्मको शुटिंग सकिने बित्तिकै वरुणले चाडै शूजित सरकारको फिल्मको शूटिंग शुरु गर्नेछन्।

खास कुरा यो होकी यो नयाँ फिल्ममा वरुण धवनसँग दीपिका पादुकोण देखिनेछिन्। दिपिकासँग वरुणको यो पहिलो फिल्म हो। वरुण र दिपिकामा १ बर्ष उमेरको अन्तर छ दिपिका ३१ बर्षकि भईन भने वरुण ३० बर्षका भए।

भनिएको छ कि ‘जुड़वा २’को शुटिंग सकिने बित्तिकै अक्टोवरमा यो फिल्मको शुटिंग शुरु गरिने छ। पहिलो चोटी दिपिका र वरुणको जोडी पर्दामा हेर्नको लागी फ्यान धेरै उत्साहित छन् होला।

अहिले दिपिका आफ्नो आगामी फिल्म ‘पद्मावती’ मा व्यस्थ छिन्। यो फिल्ममा उनको साथमा रणवीर सिंह र शाहिद कपूर मुख्य भूमिकामा देखिने छन्। संजय लिला भन्सालीको यो फिल्म १७ नोभेम्बरमा रिलिज हुनेछ।


साभार- http://www.pnpmedianepal.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger