अभिनेत्री दिव्यंकाले छोरी जन्माउन डर लाग्ने कारण भारतमा बढ्दै गएको छोरी चेलीको बलात्कारको दर भएपछि सबै केही बेर अन्योलमा परे र अनुहार दुखी बनाए । अभिनेत्री दिव्यंका त्रिपाठीले बलात्कारको घटना स्मरण गराउँदै भनिन् भारतको स्वतन्त्रता दिवसको अवसरमा कार्यक्रममा सहभागी भएर घर फर्कदै गरेकी ८ वर्षीय बालिकामाथि भएको बलात्कारको खबरपछि म निकै भाव विह्वल बनेकी छु ।
गत वर्ष मात्र विवाह बन्धनमा बाँधिएकी उनले ट्वीटरमा आफुलाई छोराको चाहना नभएपनि भारतमा छोरी जन्माउन डर लागेको उल्लेख गर्दै नायिका दिव्यंकाले प्रधानमन्त्री नरेन्द्र कुमार मोदीसँग देशमा महिला सुरक्षामा ध्यान दिन अपिल गरेकी छन्। भारतको स्वतन्त्रता दिवसको अवसरमा कार्यक्रममा सहभागी भएर घर फर्कदै गरेकी ८ वर्षीय बालिका एक पार्कमा बलात्कृत हुन पुगेकी थिइन् ।
साभार-http://www.pnpmedianepal.com
Post a Comment