Latest Updates :

रणविर सिंह संग भड्किए अमिताभ, कारण यस्तो

SHARE THIS POST :
असार, काठमाडौं।
बलिउड सुपरस्टार अमिताभ बच्चनले ट्विटर मार्फत  रणवीर सिंह संगको आफ्नो दुखेसो व्यक्त गरेका छन्। वास्तवमा अमिताभले रणवीरलाई उनको जन्मदिनको शुभकामनाको वास्ता नगरेको भन्दै भड्किदै ट्विट गरेका हुन्।  रणवीर सिंहको जन्मदिन ६ जुलाईमा थियो। र १३ जुलाईमा रणवीरले ट्वीटरमा आफुलाई शुभकामना दिनेहरु सबैलाई धन्यवाद दिएका थिएर तर उनले अमिताभलाई भने भन्न छुटाए।

यसका कारण अमिताभले रणवीरलाई  उनको जन्मदिनमा आफुले एसएमएस गरेर बधाई दिएको तर रिप्लाई नआएको भन्दै ट्वीट गरेका छन्।  

रणवीरले यसको जवाप दिँदै भनेका छन् -'तपाईको अलावा मैले सबलाई रिप्लाई गरेँ। मैले  क्रस चेक गर्न खोजेको थिएँ। तपाई मलाई बधाई दिने पहिलो व्यक्ति हुनुहुन्थ्यो'।साथै उनले अर्को ट्वीटमार्फत भनेका छन्-' यी साना साना कुराहरुले नै तपाईलाई महान बनाएका छन्।'

यस अघि पनि जुनमा  अमिताभले  सोनमलाई  उनको जन्मदिनमा एसएमएस पठाएर बधाई दिएका थिए तर उनले रिप्लाई गरिनन्। र अमिताभले 'म अमिताभ बच्चन हुँ मैले तिम्रो जन्मदिनमा दिएको बधाईको रिप्लाई दिएनौ' भन्दै ट्वीट गरेका थिए र त्यसको जवाफमा सोनमले माफी मागेकी थिईन्। एजेन्सी

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger