Latest Updates :

जसलाई नेपालले शरण दियो र अमेरिका पुर्यायो उहि भुटानी राकेशले नेपालीहरूलाइ यसरी खाते भनेपछि

SHARE THIS POST :
अमेरिकामा रहेका नेपाली भाषी भुटानी राकेश काफ्लेले नेपालीलाई कुत्ता र खाते भनेर अपमान गरेपछि उनलाई नेपालमा बहिस्कृत गरिएको छ । यसको सुरुवात संगीत क्षेत्रबाट गरिएको छ ।उनको अभिब्यीक्त प्रति खेद ब्यक्त गर्दै संगीतकार संघ नेपालले काफ्लेलाई सामाजिक र सांगीतिक बहिस्कार गर्ने निर्णय गरेको छ । उनका कुनैपनि सृजना नेपालमा उत्पादन , प्रकाशन , प्रसारण हुन नदिनुका साथै समाजिक सञ्जालमा उनले ब्यक्त गरेका अपमान जनक र ब्यक्तिगत मानमर्दन गरिएका अभिब्यक्तिहरु को कानुनि उपचार खोज्ने प्रकृया सुरु गरिएको संघले जनाएको छ ।


त्यस्तै उनका सृजना प्रसारण र प्रकाशन नगर्न पनि संघले सबैलाई आग्रह गरेको छ । आफूलाई कला गला र संगीत प्रेमी भन्न रुचाउने काफ्लेका नाममा केहि सांगीतिक सृजना नेपालमा तयार भएका हुन । तिनै सृजना मार्फत गीतकारको परिचय बनाएका काफ्लेले सिंगो संगीत क्षेत्रलाई नै तथानाम गरेका छन ।

हुनत काफलेका नामका ती गीति रचनालाई नेपालका केहि गीतकार र संगीतकारले नै काटकुट पारी मिलाई दिएको खुल्न आएकोछ । आफूलाई ठूलै साहित्यकार ठान्ने दम्भ बोकेर बसेका काफ्रले सधै बिवादित रहेको उनलाई नजिक बाट चिन्नेहरु बताउछन ।अमेरिकमा रहेका अन्य भुटानी समुदायले गरेको कामलाई समेत सधै आलोचना तल्लो स्तरको भाषाले अपमानित गरेका कारण हालै अमेरिकामा गठन भएको भुटनीज अमेरिकन सांगीतिक संगठन मा काफ्ले अटाउन सकेनन ।काफ्ले संघ संगठनमा मात्र हैन आफनै समुदाय र आफन्तहरु संग समेत अटाउन नसक्ने भैसकेको एकजना संगीतप्रेमी भुटनिजले जानकारी दिए ।

उनले भने यहाँ त उप्रदो गरेकै थियो नेपालमा पनि गरेछ । घर परिवारलाई समेत दिक्क बनाएको छ यस्ले । यो संग बोल्नु कुरा गर्नु संझाउनु ब्यर्थ छ यस्लाई वेवास्ता गर्दा नै इज्जत जोगिन्छ । यो अमेरिकमा पनि तिरस्कृत मान्छे हो उनले भने ।काफ्लेको पछिल्लो प्रकरण म्यूजिक खवर म्यूजिक अवार्डमा आयोजकले नोमिनेसन बाट नाम हटाएको भन्ने प्रसंग बाट सुरु भएको हो । आयोजकका अध्यक्ष सुमन पण्डीत भन्छन राकेश जि भुटानी भाको ले हटाइएको हैन । उहाँसंग पैसा मागेका पनि छैनौ ।पैसा नदिएर हटाइएको भन्ने सतप्रतिशत गलत हो । हामि कसैसंग लोभ देखाएर वा धम्क्याएर पैसा लिएर अवार्ड गर्दैनौ । त्यस्तो अफवाह फैलाउने लाई हाम्रो चुनौती छ प्रमाण लेराउ यो क्षेत्र नै सधैका लागि छोडिदिन्छु ।



नेपाली लाई कुत्ता र खाते भनेको प्रमाण भेटिएपछि संगीतकार संघ नेपालको आग्रहमा हटाउने प्रकृयामा निर्णायक मण्डलले काम गरिरहेको छ । काफ्लेले सामाजिक सञ्जालमा नामै तोकेर फोटो सहित गम्भिर आरोप लगाएका ब्यक्ति हुन गीतकार लोकराज अधिकारी ।

यो बिषयमा अधिकारी संग सोध्दा उनले भने म संगीतकार संघको प्रेस सल्लाहकार हुँ । संगीतकार संघले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको अभियन्ता सदस्य पनि हुँ ।त्यसैले मैलै धेरै हितैषी शुभ चिन्तक संग कोषलाई सहयोग गर्न अनुरोध गर्दै आएको छु । देश बिदेश बाट मेरो अनुरोध लाई स्विकार गर्दै सक्दो सहयोग गर्दै आउनु भएको छ । कमिटमेन्ट गर्नेहरु पनि धेरै हुनुहुन्छ जुन पारदर्शी छ ।यस्तै मध्यका एक राकेश हो । उनले आफ्नो तर्फबाट ३० हजार १ सहयोग गर्छु समाचार बनाइदिनु होला भनेर भने । मैले त्यसै गरे । संगीतकार संघको बिशेष साधारण सभा जेठ १६ गते तय भएको थियो । हामिले सबै दाताहरुलाई त्यहि दिन बिशेष कार्यक्रममा सम्मान गर्ने निर्णय गरेका थियौ ।

राकेशलाई मैले १६ गतेभन्दा अगाडी तपाइले कमिटमेन्ट गरेको सहयोग पठाउनु भयो भने ठूलो कार्यक्रम छ सम्मानको राम्रो हुन्थ्यो भनेर रिमाइन्ड गरे । तर त्यतिबेला नेपालका संघ संस्था सब चोर हुन भनेर इनबक्स गरे उनले ।म बरु ब्यक्तिगत तपाइलाई सहयोग गर्छु तर नेपाली संघ संस्थालाई गर्दिन भने । जव १६ गतेको कार्यक्रम सकियो संगीतकार संघलाई खाते भनेर पोष्ट गरे । जुन कार्य अत्यन्त घृणित थियो । तैपनि मैले सम्झाउने प्रयास गरे । दोहोरो सम्बाद भयो इन्बक्समा ।मैले जतिजति संझाउदै गए उति निचपन मा ओर्लिदै सबै नेपालीलाई कुत्ता भने पछि म क्लियर भए यो मान्छे अत्यन्त नकारात्मक सोंच भएको गलत मान्छे हो भन्ने ।

अनि मैले शालिनता पुर्वक कुनै पनि कुरा मेरोमा टयाग नगर्नु भने । त्यसपछि उस्ले मलाई ब्लक गरेछ । जव अवार्डको प्रसंग आयो संगीतकार संघ नेपालका अध्यक्षले अवार्ड आयोजक समितिका अध्यक्षलाई यो गम्भिर बिषयबारे जानकारी गराउनु भएछ ।र आयोजकले प्रमाण भेटेपछि नोमिनेशन बाट हटाएको बिषयलाई संगीतकार संघका कार्यसमितिका सदस्यले फेसवुकमा पोष्ट गर्नु भएको रहेछ ।त्यहि देखेर राकेशले मलाई आफै फेरी अनब्लक गरेर म्यासेज गर्यो । मैले रेष्पोन्स गरिन । जव मेरो नाम उस्ले मेन्सन गरेर आरोप लगायो त्यसपछि मैले उस्ले म संग गरेका कुराहरु सार्बजनिक गर्दिए । करेक्सन गर आफूलाई समय छ भनेर संझाए तर उ यति घटिया रहेछ कि फेरी जे पायो त्यहि पोष्ट गर्न थाल्यो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger