Latest Updates :

दुर्घटनामा चुडिएको खुट्टा राजधानी बाहिर रहेको विएण्डसी अस्पतालमा जोडियो

SHARE THIS POST :

६ साउन, झापा । झापाको बिर्तामोडमा रहेको बिएण्डसी हस्पिटलले छिनेको खुट्टा जोडेको छ । छिनेको खुट्टा जोडिएको यो पूर्वमै पहिलोपटक भएको अस्पतालको दाबी छ ।

शुक्रबार हस्पिटलमा पत्रकार सम्मेलन आयोजना गरी झण्डै एक महिनाको प्रयासपछि कनकाई नगरपालिका-३, सुरुङ्गाका गोपाल विष्टको छिनेको खुट्टा जोडिएको जानकारी दिइएको हो ।

एक महिनाअघि सवारी दुर्घटनामा परी विष्टको दाहिने खुट्टा चुडिएको थियो । उनको उपचारमा संलग्न अर्थोपेडिक सर्जन डा. निराजन पराजुलीका अनुसार विष्टलाई अस्पतालमा ल्याउँदा छालाको थोरै भागले मात्र खुट्टा अडिएको थियो ।

‘अत्याधुनिक प्रविधि र दक्ष जनशक्ति नभएको भए खुट्टा काट्नुको विकल्प थिएन,’ डा. पराजुलीले भने, ‘समयमै अस्पतालमा ल्याइपुर्‍याएकाले पनि उपचार सम्भव भएको हो ।’

उनका अनुसार नेपालमा विएण्डसी बाहेक काठमाडौंको टिचिङ हस्पिटलमा डा. ईश्वर लोहनी र कीर्तिपुरको प्लाष्टिक सर्जरी हस्पिटलमा डा. शंकर राईले मात्र छिनेको खुट्टा जोड्छन् ।

विष्टको छिनिएको खुट्टाको भागमा मासु लगाउने काम सकिएको छ भने हड्डी जोडिने क्रममा छ । अब छाला लगाउन बाँकी रहेको डा. पराजुलीले बताए ।

शल्यक्रियामा संलग्न डा. राजु श्रेष्ठले बिरामीलाई छोटो समयमा धेरै शल्यक्रिया गर्नु परेको बताए । उनले आफ्नो १० वर्षे अनुभवमा पहिलो पटक छिनेको खुट्टा जोड्ने काममा संलग्न भएको बताए ।

यसअघि छिनेको हातको सफलतापूर्वक उपचार भइसकेको बिएण्डसीमा न्यूरो सर्जरी र घुँडाको पाङ्ग्रा फेर्ने शल्यक्रिया पनि सफल भइसकेको अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईंले बताए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger