उपचार गर्ने पैसाको अभाबमा छट्पटाउंदै ८ बर्षीय सुजन
बुढाथोेकी सल्यान, ३० जेठ । सल्यान शारदा नगरपालिका १२ सानो डांग्रीका ८ बर्षिय सुजन कवर योगी बिरामी भएको झण्डै बर्ष दिन हुन थाल्यो । पहिले आँखा सुनिने लगाएतका सामान्य समस्या भएका सुजन अहिले आएर थला परेका छन् । ८ बर्षीय उनी थारमारेको एक बोडिङ्ग स्कुलमा नर्सरीमा पढ्थे । असार २ गते एक महिना हुन्छ तर एक महिना नपुग्दैँ उनको आँखाको घाउले ठूलो रुप लियो र अहिले उनको आँखाको नानी समेत बाहिर आएको छ । दाँया आँखामा घाउ भए पछि उनीको अहिले उपचारको पर्खाईमा रहेका छन् । सुजनका बुवा बलबहादुर योगी अहिले मलेसियामा रहेका छन् । बलबहादुर बिदेश गएको डेढ बर्ष भयो । कमाईकाज राम्रो नभएको पारिवारिक स्रोतले जनाएको छ । ८ बर्षिय सुजन अहिले घरको बिस्तरामा छटपटाई रहेका छन् । उनको उपचारको लागी जिल्ला अस्पताल सल्यान, नेपालजञ्ज हुदैँ काठमाण्डौँ सम्म गएको तर कतै गएर पनि निको नभए पछि हाल उनी घर फर्केका छन् । सुजन कि हजुर आमा साबित्री कवर यागीले नातीको उपचारको लागी जिल्ला अस्पताल सल्यान, नेपालजञ्ज हुदैँ काठमाण्डौँ सम्म गएको तर कतै गएर पनि निको नभए पछि घर फर्केको बताउनु भयो । उहाँले ती बिभिन्न ठाउँमा उपचार गर्दा गर्दै झण्डै १० लाख जती सकिएको बताउनु भयो । “नातिको उपचारको क्रममा झण्डै १० लाख जती सकियो, तर सफल उपचार हुन सकेन,” उहाँले भन्नुभयो–“काठमाण्डौँमा यो बालकको घाउ निको हुदैँन भन्यो, अनी घर फर्कियौँ ।” उहाँले सुजनको उपचार गर्दागर्दै घरमा भएको सबै पैसा सकिएको बताउनु भयो । “घरमा भएको सबै पैसा सकियो, साहु संग कारेर पनि उपचार ग¥यौँ, छोराले बिदेश बाट पनि साथीहरु सँग पैसा सापट गरेर यहाँ पठायो, तर नातीको उपचार हुन सकेन,” उहाँले भन्नु भयो । सुजन कि हजुर आमा साबित्रीले नानीको उपचारको लागी सहयोग गर्न सबैलाई अनुरोध गर्नु भएको छ । घरमा आफु, बुहारी, दुई नाती र एक नातिनी भएको बताउदैँ उहाँले भन्नुभयो, “जिवनमा सोचेको केही हुदो रहिन्छ ।” ८ बर्षिय बालक सुजनको आँखाको नानी बाहिर निस्किए पछि दुखाइ सहन नसकी छट्पटाई रहेको छ । घरमा पुरुष कोहि नभएको र आफ्नो सन्तानको पीडा देखेर आँखा भरी आँसु बगाउँदै हजुर आमा साबित्रीले भन्नुभयो– “हामी गरिब दुखिको लागि दैब पनि बैरी बनी आउँदा रहेछन् ।” बालकको उपचारको लागी सहयोग गर्न परिवारले सबै सहयोगी दाताहरुलाई आग्रह गरेको छ । सहयागी दाताहरु मार्फत केही रकम जम्मा गर्ने र फेरी उपचारको लागी हैदराबाद, साउथ ईण्डिया लैजाने तयारी गरिएको सुजनका ठुला बुबा नाता पर्ने सुरेन्द बुढाले बताउनु भयो । उहाँले अहिले यस अबस्थामा सहयोगी मनहरुको आस्यकता परेको र यसको लागी सहयोग गर्न सबैलाई आग्रह गर्नु भएको छ । बिपन्न परिवारका सुजनको उपचारको लागी धेरै पैसा लाग्ने भएकाले सानो सहयाग गर्न उहाँले सहयागी मनहरुलाई आग्रह गर्नु भयो ।
Labels:
Featured
,
Health News
Post a Comment