Latest Updates :

काठमाडौंको सितापाइलामा खानेपानीको पाइप खन्ने क्रममा ढिस्कोले पुरिएर तीनजनाको घटनास्थलमै मृत्यु

SHARE THIS POST :

काठमाडौं । काठमाडौंको सितापाइला चोकमा गएराति खानेपानीको पाइप खन्ने क्रममा ढिस्कोले पुरिएर तीनजनाको मृत्यु भएको छ ।

खाडलभित्र भित्र काम गरिरहेका तीनै जना कामदारको राति पौने २ बजे एक्साभेटरले खन्ने क्रममा ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

मृत्यु हुनेमा सप्तरी चासाङ ३ का १७ बर्षीय सन्तोष दास, सप्तरीकै बनौला २ का १७ बर्षीय श्यामसुन्दर राम र पर्वत नाग्लीवाङ ८ का ४७ बर्षीय तेजप्रसाद केसी रहेको प्रहरीले जनाएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger