Latest Updates :

शौच गर्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

SHARE THIS POST :
पर्वत मोदी गाउँपालिका-६ तिलाहारकी एक महिलाको भिरबाट लडेर आज दिउँसो ज्यान गएको छ । धान रोप्ने खेतमा गएकी स्थानीय २९ वर्षीया रिता राई विक शौच गर्नका लागि पाखोमा जाँदा अचानक चिप्लिन गई मृत्यु भएको हो ।

करिब सय मिटर तल खसेको र गम्भीर घाइते भएको अवस्थामा उपचारका लागि पर्वत जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घटना बारेमा अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको बताइएको छ ।

मृतक विकको शवपरीक्षणका लागि अञ्चल अस्पताल बागलुङमा पठाइएको प्रहरी निरीक्षक मधकुरजङ्ग विष्टले जानकारी दिए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger