Latest Updates :

“कृ”को फस्टलुक सार्वजनिक…,फस्टलुकमा अनमोलको एक्सन अवतार

SHARE THIS POST :

चलचित्र “कृ”को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रको फस्टलुकमा नायक अनमोल केसीलाई मात्र समावेश गरेर फस्टलुक सार्वजनिक गरिएको छ ।

फस्टलुक सार्वजनिक गरेसँगै चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । यो चलचित्र कात्तिक ३ गतेबाट देशभरका हलमा रिलिज हुने निर्माणपक्षले बताए ।

चलचित्रको फस्टलुकमा नायक अनमोल केसी लामो कपाल पालेर एक्सन अवतारमा देखिएका छन् । अनमोलले यो चलचित्रका लागि शरीर बनाउन निकै मिहिनेत गरेको निर्माणपक्षले बताए । नेपाली चलचित्रमा लभर ब्वाइको रुपमा परिचित अनमोल यो चलचित्रबाट भने एक्सन हिरोको रुपमा उदाउने बताए ।

सुवास इन्टरटेन्मेन्टको निर्माणमा द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो चलचित्र निर्माण भएको हो । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका छ ।



चलचित्रमा कथा, सम्पादन र निर्देशन सुरेन्द्र पौडेलको छ । चलचित्रमा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद, रेनशा वान्तवा राइको कोरियोग्राफी छ । चलचित्रका प्रोडक्शन डिजाइनर शंकर पाण्डे हुन् ।  यस चलचित्रलाई

सुवास गिरी र भूवन केसीको निर्माण  रहेको चलचित्रमा कमल गिरी कार्यकारी निर्माता छन् भने श्री पराजुली सह-निर्माताको रुपमा रहेका छन् ।

यो चलचित्रलाई ओभरसिजमा हाइलाइट्स नेपालले वितरण गर्नेछ भने काठमाण्डौ बाहिर मनोज राठीको बैंक्कतेस्ट इन्टरटेन्मेन्टले वितरण गर्नेछ । काठमाण्डौमा भने सुवास इन्टरटेन्मेन्टले नै चलचित्रको वितरण गर्नेछ ।

चलचित्रको बजेट साढे २ करोड माथि रहेको निर्माता सुवास गिरीले बताएका छन् । उनले भने-‘यसपटक अनमोलका फ्यानका लागि ‘कृ’ एउटा सरप्राइज चलचित्रको रुपमा रहने  छ । हामीले हरेक दृश्यमा निकै मिहिनेत गरेका छौ । जुन, पर्दामा दर्शकले देख्न पाउनुहुनेछ । यो चलचित्रलाई यस बर्षकै बहुप्रतिक्षित चलचित्र मानिएको छ  ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger