Latest Updates :

कथा- सोैता र सोैतेनी अामा

SHARE THIS POST :
हरि थापा
अामा बाबुको एक्कासी अाएको प्रस्तावले अर्चना झस्किन पुगि मुटु जोड्ले काप्यो एकछिन मोैन रहि केहि छिनको मोैनता पश्चात उ होस मा अाई,उसले अनुरोध गरि ‘अामाबुबा’ संग विन्ति विसाई अामा बाबुले पनि छोरीको ईच्छालाई मध्यनजर गर्दै,छोरीको प्रगति उन्नति हेर्न कै लागि ईज्जत प्रतिष्ठा जोगाउनकै लागि केटा पक्षलाई अहिले पढ्दै छे विवहा गर्दिन भन्छे छोरी सजिलै टार्दिए! उ असाध्य गदगद भई मनमनै धन्यवाद दिई गर्वले छात्ती फुलेर बडेमानको भएको महशुस गरि उत्ता बा,अामालाई मनमनै थकथकी लागिरहेको थियो केटा परिचित कुलघरानको खान्दानी थियो अब यस्तो केटा अाउला,नअाउला चिन्ता भने यथावत कायम रह्यो । छोरीको ईच्छा जायर भएपछि अामाबुबा नै मोैन रहे…

तत्कालै अर्चनाले प्रेमलाई घरमा भएका सबै कुरा जस्ताको तस्तै भनेपछि प्रेम भावुक भयो
अब पनि ढिला गर्यो भने अर्कैले उछिट्याउछ् । प्रेमले अब हामी भाग्नुपर्छ भन्ने प्रस्ताव गर्यो अाखिर वर्षोै देखि प्रेमको मायाँमा चुर्लुम्म डुवेकी अर्चनाले नाई भन्न सक्ने अाँट नै थिएन।

उ त यहिँ प्रस्तावको प्रतिक्षा कुरिरहेकी थिई उसले प्रेमको कुरालाई सहजै स्विकार गरि परिवार समाज उसले केहि सम्झिन अाखाँ बन्द गरेर सबै कुरा थातीराखी प्रेमको मायाँमा हाम फाली गर्लम्म अङ्गालो हाली यो मायाँमाथी अरुको नजर लाग्ला कसैले खोसी देला भन्ने डर,त्रासले यो जोडी हतारमा निर्णय गर्न पुगे।

जिवनभर संगै बाच्ने संगै मर्ने कसम खाएर मन्दिरमा गई विवहा गर्ने सिन्दुर हाल्ने निर्णय गरे अर्चना खड्का र प्रेम नेपाली स्कुल देखिका साथी हुन धर्म कर्ममा अतिनै महत्व राख्ने अर्चनाको परिवार छोरी भागेर पल्ला गाउँको प्रेम नेपाली संग गई भन्ने खबरले तिन फन्का घुमेर ढलेका थिए,एक हप्तासम्म सास पनि फिरेको थिएन ।

एउटा बाहुन केटी दलित केटासंग भागि भन्ने खबर पाए पछि एककान दोकान मैदान मान्छेहरु हल्लाको पछि लागिरहे गाउँशहर पुरै दुर्गन्धित भयो भट्टिपसल देखि चोैतारा सम्म तितो अावाज कान पाकुनजेल सम्म गुन्जिरहन्थ्यो ।

अाफ्नो भएको एउटा छोरीले नाक काटी भनेर अर्चनाको बाबाले त्यहि निर्दोश अामा माथी दोष थुपार्थे तेरो छोरीले गर्नु गरि अब समाजमा कसरी नाक मुख देखाउने,अमिलो मुख पार्दै टर्रो प्रश्न उहि निर्दोष अामामाथी तेर्स्याउथे।अामा निशब्द हुन्थिन मोैन हुन्थिन सोच्थिन अाफु अचानो हो सबैको प्रहार सहनु पर्ने बाध्यता, यो चोटिला प्रहारले पटक पटक मर्नु भन्दा उनि अाफ्नो टाउको ढुङ्गामा बजार्न चाहन्थिन ठुलो ढुङ्गाले एकै पटक सास जाने गरि मुटुमा हान्न चाहन्थिन् मरु वा बाचु, मरु मर्न सजिलो थिएन बाचु बाच्ने अाधार थिएन..

हुन पनि हो अामाको मायाँमा पुलपुल्लेर नै सायद उसले त्यस्तो निर्णय गरि नत्र अामाले कहिल्यै मन दुखाएकी थिईनन् कुनै चिजको कमि हुन दिएकी थिईनन् एउटा छोरीमाथी कत्रो अाशा थियो सबै निरासा बनाई ईज्जत प्रतिष्ठा सबै माटोमा मिलाई रोज्न पनि अलि जात मिल्दो रोजदिएको भए अाज समाजको अगाडी अपराधी झै लुकेर हिड्न त पर्ने थिएन उनको अाफ्नै गुनासो थियो, मनमनै फत्तफताउछिन, भावुक हुन्छिन तनमन सबै कुरा जलेर भष्म भएको छ उ मात्र मन भित्र ट्याउ ट्याउ बोल्छिन मुस्किलले ठिङ्ग उभिन्छिन अनि फेरि नराम्ररी भक्कानिदै पछारिन्छिन घण्टोै सम्म नउठ्ने गरि…

बा ले सधै छोरीको बारेमा कचकच गरिरहन्थे अामाले कहिल्यै सोचेकि थिईनन् छोरीले यसरी अाफ्नो घर परिवार र समाजको नाक काट्ली भनेर तर पनि कहिल्यै नसोचेको कुरा भयो ति अामा वेला वेला मुर्छा पर्छिन एका तिर छोरीको पिर अर्को तिर बाउँको कचकच
साच्चिकै उनलाई बज्रपात परेको थियो उनको अालो घाउँमा मलम लगाउनुको साटो नुनचुक, अमिलो,पिरो दल्ने काम भईरहेको थियो।

सायद छोरीले कुनै राम्रो काम गरेको भए त्यसको श्रेय सिधा बाउँलाई जाने थियो अहिले छोरीले गल्ति गरि, सबै दोष अामामाथी थुपारी दिएका छन घर परिवार समाज सबैले यि निर्दोष अामा माथी बडो अन्याय गरेर मोैकाको फाईदा उठाईरहेका छन यसको अान्नद रमिते समाजले मस्त संग लिईरहेको छ।

समाजका अगुवाहरु मुख खोलेर भन्छन
अामा गतिली भए पो छोरी गतिली ‘हुन्थी …हिजो सम्म वाँ वाँ हाईहाई कमाएकी खड्किनी अामा छोरीको गल्तिकै कारण सबैको छि:छि को पात्र बनेकी छिन शिर झुकेको छ गल्ति छोरीले गरि दोष अामामाथी प्रहार भईरहेको छ बाउँ भनाउदा अाफु यो दोष बाट टकटककिन खोज्छन,उम्किन खोज्छन, समाजले खड्किनी अामालाई गोल हान्न बा संग म्याच फिक्सिङ गर्दैछ बा प्रतिष्ठा जोगाउँन लागि परेका छन उसलाई वर्षोै साथ दिने जिवनसाथी भन्दा प्रतिष्ठाको महत्व छ।

निर्दोष अामा पाटी,पोैवा, धारा,पधेरा मेला, पात जादा समेत मुन्टो बटार्दै छि:छि धुरधुर गर्नेको ताती लागेका छन कदम कदममा तितो शब्दको प्रहार हुदा मन मुटु छियाँ छिया परेका छन,अर्चनाकै कारण घर परिवार पनि विग्रदै गएको छ अाजकल खड्किनी अामाले खान खाना पनि छाडिसकेकी छन छोरीको खुसिको लागि चित्त बुझाउन खोज्छिन तर सबैको क्वार क्वार तृष्कारको अावाजले उनको कान पाकेर पनि बन्द भईसकेको छ ।

अाखिर मन पराउनेले पराए भागेर कुन दुला पसिसके कुनै खोजखबर छैन तर छोरीको गल्तिको सबै दोष ति अामाको टाउकोमा थेचार्देका छन उनलाई ठुलो गह्रो भारिले थिचेको छ हिड्दा पाईला अगाडी बढ्दैन होसमा हुन्नन, नियाउरो अनुहार, टिठ लागेर अाउछ अाखाँहरु चिम्रिदै गएका छन, टिलपिल भएर रसाएका छन,अनुहारको चमक हराएको छ उनका पिडाहरु छर्लङ्ग देखिएका छन तर पनि कठै भन्ने एक जना भेटिएको छैन अोराली लागेको मृगलाई खेदेझै खेदिरहेका छन सबैको मनमुटुमा बसेकी खड्केनी अामा विचित्रको पात्र भएकी छन..मन खोलेर रुन पनि सकेकी छैनन् चिन्ताले नै चितामा पुर्याउछ भन्ने तुकले उनको जिवनमा सार्थक भुमिका खेल्दैछ।

उनि अस्वस्थ हुदै गाँकी छन उनको हेरविचार पटकै छैन बा भनाउँदा गाउ तिरै रात बस्न थालेका छन हुदाँ हुदाँ उनि सिकिस्त भईन अहँ कसैले वास्ता गरेनन् उनले छोरीको मुख हेर्ने कत्रो अाशा गरेकी थिईन वास्तवमा अाफ्नो सन्तान जस्तो सुकै गल्ति हुदा पनि माफि दिन सक्ने महान अाँमा उनको ईच्चा पुरा गर्ने चेष्टा कसैले गरेनन् अन्त्यमा छोरीको पिडा कै कारण घर परिवार भातभुङ्ग भयो अन्तत उनले त्यो नर्कको जिवनबाट छुटकार पाईन बल्ल समाज शान्त भयो!अावाज विहिन भयो! सायद लहलैमा लागेर पिछा गर्ने समाजलाई पश्चताप लागेको हुन सक्छ !

उत्ता अर्चना अाफ्नो मायाँको संसारमा मस्त हुदै खुब अान्नदको जिवन जिउदै थिई अाफुले रोजेको प्रेमी पाएर संसार भुलेकि थिई अचानक अामाको मृत्युको खबर पाए पछि भावविह्वाल भई पहाड बाट नै पछारिन पुगि अचानक उसका गला अवरुद्द भए उसका सारा खुसि एक्कासी दुखमा परिणत भयो एकैपटकमा सारा खुसि रितियो ।

जतिनै ठुलो गल्ति गर्दा पनि माफिदिने अामाले छाड्नुको पिडा अर्चनामा परिरह्यो उनले बाबुलाई पटक पटक सम्झि, फोन गरि,माईता जान हरदम प्रयास गरि तर हिम्मत जुटेन ठुलै गल्ति गरेको महशुस भईरह्यो ।

उसले पटक पटक माईतिको खबर, मिल्ने क्लासमेट साथी संग सोध्ने गर्थि हरेक कुराको जानकारी पाउथी उसका बारेमा घर परिवार पछि लागेका छन भनेर भन्दा अर्चना मुर्छा पर्थी अाखिर उसले प्रेम गरेकि थिई खै किन हो कुन्नी समाजले उसको प्रेमलाई तृष्कार गर्दै थियो प्रेमको मापदण्ड खोज्दै थियो उ सोच्थी प्रेम निस्वार्थ चिज हो जसको कुनै मापदण्ड हुन्न मनमनै गुनगुनाउथी,अाफुलाई समाल्न खोज्थी तर समाल्न सक्ने तागत थिएन भित्रभित्र मन डढेल्लोले सखाप पारिसकेको थियो अामाँको पिर,शोकले तनमन चिरचिर धुजाधुजा परेका थियो।उ अाफैलाई प्रश्न गर्थी परिवारले चासो नदिएको कुरामा उक्साउन यो समाजलाई के सकसक भएको होला? किन स्वतन्त्रता हुन दिदैनन? किन निषेध गर्छन ?गहिराई सम्म पुग्न खोज्थी तर उत्तर विहिन हुन्थी उसका प्रश्न खेर जान्थे।

अामाको कुराले उ सधै जल्न थाली मोैन भएर सोच्ने गर्न थाली केहि समय प्रेमले सम्झाउने कोसिस गर्यो तर पटक पटक यसरी अामाकै बारेमा सोचेर एकोहोर हुन थाले पछि प्रेमलाई पनि अब यो हर्कत लाग्न थाल्यो साच्चिकै अर्चना अामाको सम्झनमा पागल केटी बनि फेरि उसकी साथीले अन्त्य सम्म तिम्रै नाम लिनुभएको थियो तिम्रो अामाले भनेपछि उसलाई भित्रभित्र अामाको ममताले भत्तभत्ती पोल्न थाल्यो अात्माग्लानी हुन थाल्यो कति सजिलै उसका खुसि सबै हराए ।

अामाले छाडेपछि सदावहार खुसि हुने खुसिदिने सपना चकनाचुर भयो अब अर्चनाको अाफ्नो भन्ने प्रेम बाहेक कोहि रहेनन् बाबा र समाज सधै अर्चनाको विरुद्दमा लागिरहन्थे अाफ्ना बाबाँ हुन सायद समाजको लागि देखावटी पुरुषत्व देखाएका थिए होला! प्रतिष्ठाको जगेडा गरेका थिए होला! जब सोैतेनी अामा भित्र्याएपछि साच्चिकै बा’ ले छोरी सजिलै विर्सिदिए छोरीको नामले तर्सिने सोैतेनी अामा नाम सम्म सुन्न चाहन्थिनन् रे!

उ सधै दुखि हुदै गई स्वास्थ्य विग्रदै गयो कमजोर हुदै गई प्रेम पनि दिक्क हुन्थ्यो उसले पनि केहि समय सम्झायो तर सकेन उसले हार्यो प्रेमले फेरि अर्कि श्रीमती भित्र्यायो यो घटनाले अर्चना स्तब्ध भई किन के उसले सोध्ने साहस गरिन् ।

अामाको पिडाले भित्रभित्र पिल्सिएकी अर्चना उ सिधा सोैताको अाखाँमा हेर्ने शाहस पनि गर्दिन’थी सोैताले अाको भोलीपल्ट देखि शासन गर्न थालेकी थिई। उसका मस्तिष्कहरु सुस्त हुदै थिए सोैताले गलहत्याउथी घिच भन्दै खानाँ पछार्रदिन्थी, अर्चना निर्दोष ‘थि’ उसलाई पटक पटक प्रेम र सोैता दुबैले यातना दिन थाले
प्रेम कान्छि प्रेमिकाको मायामा लिप्त भएपछि उसको मायालाई लत्यायो सबै बाचाँ कसम सजिलै तोड्यो उसको वास्ता गर्न छाड्यो उसले उ भन्दा राम्री भर्खरकी जिवनसाथी पाएको थियो उनिहरुले संसार जितेका थिए ।

कति अचम्मको माया अहिले एउटा सोैता ल्यायो मोैका पाए सोैताको पनि सोैता हाल्ने छ वास्तावमा उसले राम्रो गरेन योैवनको प्यासी भएर नारीको भविष्य डामाडोल बनाउने प्रेमले त्यसको सजाय पाउने निश्चित थियो। सोैताको कोखबाट छोरी जन्मि सकेको थियो तर अर्चनालाई प्रष्ट थियो अामाको मन जस्तो बाबाको हुन्न भन्ने कुरा बाबा पनि अाफ्नो संसारमा मस्ती थिए तर अामा छोरीको मनले मात्र सन्तान सम्झिने रहेछ उ कता जाऊँ मनदेखि भोैतारिन्थी सोैताको ब्यबहार अनि गालीगलैजाले उ भित्रभित्र जिउँदै मरिसकेकी हुन्थी।

विना गल्ति कमजोरी हुदा पनि उसले सोैताको लात्ती र थप्पड खानु पर्यो सोैतालाई कमजोरी भएकै कारण कुनै गुनासो गरिन तर पनि सोैता सोैता हुने रहेछन उसले कहिल्यै दोहोरो वात गरिन तर पनि पटक पटक पिडाँ पाई उ झन झन कमजोर हुदै गई स्वर्गिय अामालाई कयोैपटक सम्झि अामा भएको भए पक्कै उसले न्याय पाउथी तर अहिले उसको पक्षमा कोहि थिएनन् पाउनु जति पिडा पाई गल्तिको सजाय भोग्दै थिई दलित संगको प्रेम नै जिवनको पहिलो त्रुटि भयो उसले मनन गरि साच्चिकै प्रेमले जातँ जनाएरै छाड्यो उसको लागि घर परिवार समाज सारा त्यागी तर प्रेमले ति सब कुरा सजिलै विर्सिदियो निर्दोष नारीमाथी सोैताको गोली हान्यो उ घाईते भई,
न गरि खाने,न मरि जाने …

उत्ता माईतमा पनि बाबाले सोैतेनी अामा भित्र्याईसकेका थिए उमङ्गको जिवन जिउदै छन भन्ने खबर सुनेकी थिई उसले झिनो अास गरेकी थिई पक्कै पनि अामाको मायाँ सोैतेनी अामाले दिन्छिन्न भन्ने तर नाई उसको अागमनले त छोरीको नाम लिए पनि घर छाड्ने अादेश भएछ बा ले त अामाको मृत्यु पछि सम्झेका थिए रे! तर सोैतेनी अामाको शासनमा घर ब्यबहार चल्न थाले पछि पुर्णविराम लागेछ
सोैतेनी अामाले कहिल्यै नाम पनि सुन्न चाहिनन् रे! मायाँ पाउने कुरा त कल्पना भन्दा धेरै टाढाको विषय थियो।

प्रेमले प्रेमको नाटक गरि अर्कि भित्र्याए पछि अब उ झन पिडामा परि उसलाई हेला हुदै गयो उ कमजोर हुदै गई उसलाई अामा को पिडाले शसक्त कमजोर बनायो तर सोैता र सोैतेनी अामाको कारण संसार छाड्नु पर्यो।

सायद प्रेमको साथ विना पनि सोैतेनी अामाको मायाँ पाएकी भए पक्कै बाच्ने अाधार हुन्थ्यो न जाने ठाउँ थियो न कोही अाफ्न्ता थिए’ उ एक्लिएकी थिई उसले बाच्ने अाशा मारेकी थिई एक दिन उसको चाहना पुरा भयो ।
अनि बल्ल रमिते बनेका बा,सोैतेनीअामा,सोैता, प्रेम सबैले अर्चनाको महत्व बुझे सायद यतिको महत्व सदभाव संसार छाड्नु पुर्व बुझि दिएको भए उ अाज पनि हाम्रो सामु हुन्थी जब उ सबैलाई छाडेर गई बल्ल उसको गित गुन्जिन थाल्यो राम्रा कुरा खोतल्न थाले कठै हाम्रो समाज…..


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger