Latest Updates :

कुस्माको दोबिल्लामा जिप दुर्घटना हुँदा पाँचजना घाइते

SHARE THIS POST :

फलेवास (पर्वत), २० जेठ । कुस्मा नगरपालिका– ११ दोबिल्लामा जिप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

कार्किनेटाबाट कुस्मातर्फ आउँदै गरेको ध१ज ३३३ नंको जिप आज दोबिल्ला पुलमा दुर्घटना भएको हो । दुर्घटनामा परी कुस्मा नगरपालिका– ७ का २७ वर्षीय हरि शर्मा कँडेल र ३५ वर्षीय कृष्ण शर्मा, कुस्मा– ११ का ४९ वर्षीय भीमप्रसाद शर्मा, मोदी गाउँपालिका–७ का ५५ वर्षीय ख्यामलाल पौडेल र फलेवास नगरपालिकाका अमृत रिजाल घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल, पोखरा लगिएको छ । ब्रेक फेल भएर जिप पुलमा ठोक्किएको थियो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger