Latest Updates :

यसकारण सुतेकै बेला मृत्यु हुन्छ, डाक्टरले पत्ता लगाए कारण – पढ्नुहोस

SHARE THIS POST :
बिबिसी- विख्यात अमेरिकी फिल्म शृंखला ‘स्टार वार्स’की अभिनेत्री क्यारी फिसरको निधनको मुख्य कारण ‘स्लिप एप्निया’ रहेको चिकित्सकहरूले पुष्टि गरेका छन्।
निदाएका बेला सास रोकिनुलाई डाक्टरी भाषामा ‘स्लिप एप्निया’ भनिन्छ । निदाएका बेला कैयौंपल्ट केही सेकेन्डका लागि सास फेर्न रोकिन्छ।

६० बर्सकी फिसरको गत वर्ष डिसेम्बर २७ मा निधन भएको थियो । जनवरीमा जारी मृत्युको प्रमाणपत्रमा उनको निधन हृदयघातबाट भएको उल्लेख गरिएको भए पनि चिकित्सकहरूले निधनको सही कारण पत्ता लगाउन सकेका थिएनन्।

अहिले आएर लस एन्जल्सका एक जना चिकित्सकले स्लिप एप्नियासँगै मुटुसम्बन्धी रोग र लागुऔषध प्रयोगले फिसरको निधन भएको बताएका छन ।
निदाएका बेला घाँटीका मांसपेशी र सफ्ट टिस्युज खुम्चिएर आरामको मुद्रामा आउँछन् र सास रोकिन्छ । यसरी १० सेकेन्ड वा त्यसभन्दा बढी समय सास रोकिए त्यसलाई स्लिप एप्निया भनिन्छ । अधिकांश मानिस सुतेका बेला केही सेकेन्ड सास रोकिनु सामान्य हो।

यसैकारण सुतेका बेला बारम्बार निद्राबाट ब्युँझिनु अधिकांशको समस्या हो । यसबाट अन्य समस्या पनि उत्पन्न हुन सक्छन् । तर धेरै समय जस्तो कि एक मिनेट नै सास रोकियो भने यसले ज्यानै पनि जान सक्छ।

कुनै कुनै यस्तो केसमा यो समस्या मस्तिष्कसँग जोडिएको हुन्छ । जतिबेला मस्तिष्कले सुतेका बेला सास फेर्दा प्रयोग हुने मांसपेशीलाई सञ्चालित हुन कुनै संकेत वा आदेश दिँदैन।

स्लिप एप्नियाका कारणले मस्तिष्कमा अक्सिजनको कमी हुन्छ र मस्तिष्कले हामीलाई गहिरो निद्राबाट ब्युँझाइदिन्छ । कतिपल्ट त हाम्रो निद्रा पूरै खुल्छ भने कतिपल्ट अर्धनिद्रामा हुन्छौं, तर यी सबै हामीले ख्यालै गर्दैनौं।

हामी आफैंले थाहा पाउन कठिन हुने भएकाले यो समस्या आफूसँग सुत्ने अर्को मानिसले थाहा पाउन सक्छ । निद्रामा घुर्नु, निदाएका बेला विभिन्न खालको आवाजसहित सास फेर्नु, सास फेर्न निकै कठिन हुनु र निदाएका बेला बारम्बार स्याँ स्याँ गर्नु वा सास रोकिनु यसका प्रारम्भिक लक्षण हुन् । सुतेका बेला पसिना आउनु र बारम्बार पिसाब लाग्नु पनि यसका लक्षण हुन् । यदि तपाईं निद्राबाट स्याँ स्याँ गर्दै उठ्नु हुन्छ र यो दोहोरिइ रहन्छ भने तुरुन्त चिकित्सकसँग परीक्षण गराउनु उपयुक्त हुन्छ।

निदाएका बेला घाँटीका मांसपेशी र सफ्ट टिस्युज खुम्चिएर आउनु सामान्य हो र यस्तो सबैलाई हुनसक्छ । तर यसले सबैलाई समस्या उत्पन्न गर्दैन । जसलाई यसले समस्या उत्पन्न गराउँछ, त्यसका निम्न कारण हुन सक्छन्:

१‍. मोटोपन: धेरै मोटो हुँदा घाँटीमा सफ्ट टिस्युज पनि धेरै हुन्छन् । त्यसैले सफ्ट टिस्युज शिथिल हुनासाथ सासनली नै बन्द हुन्छ । पेटमा धेरै बोसो वा ठूलो पेट भएका मानिसलाई पनि स्लिप एप्निया हुनसक्छ।

२. पुरुष: महिलाको तुलनामा पुरुषहरूलाई स्लिप एप्नियाको जोखिम बढी हुन्छ । यसको कारण पत्ता लागि नसके पनि शरीरमा रहेको बोसोसँग यसको सम्बन्ध हुनसक्ने अनुमान गरिएको छ।

३. उमेर : ४० वर्षभन्दा माथिका यसको चपेटामा पर्ने सम्भावना धेरै हुन्छ।

४. गर्धनको आकार : १७ इन्चभन्दा बढी मोटो गर्धन हुने व्यक्तिलाई पनि स्लिप एप्नियाको जोखिम बढी हुन्छ।

५. औषधि सेवन : निद्रा लाग्ने औषधि, धुमपान र मद्यपान गर्नेलाई स्लिप एप्नियाको जोखिम बढी हुन्छ ।

जीवन शैली परिवर्तन र केही उपचार गरी स्लिप एप्नियाबाट सजिलै मुक्ति पाउन सकिन्छ । तर यसको बेबास्ता गरी हेलचक्र्याँइ गरेमा भने यो निकै ठूलो समस्या बन्न सक्छ ।
स्लिप एप्नियाको बेबास्ता गरे यसले दैनिक कामकाज र जीवन नै नराम्रोसँग प्रभावित गर्न सक्छ । साथै बेलैमा उपचार नगरे यसले उच्च रक्तचाप, हृदयघात, मुटुको चाल अनियन्त्रित र टाइप टु मधुमेह हुने जोखिम बढ्छ।

एउटा अनुसन्धानले स्लिप एप्निया भएको मानिसले सवारी चलाउँदा दुर्घटना हुने सम्भावना १२ प्रतिशत बढी हुने देखाएको छ । स्लिप एप्नियाका रोगीले सवारी चलाउनु अत्यन्त खतरनाक हुन्छ।

‘पिपुल’ म्यागाजिनलाई फिसरकी छोरी लुअर्डले भनिन्, ‘मेरी आमा जीवनभर लागुऔषधको कुलत र मानसिक बिमारीसँग लडीरहनु भयो र अन्त्यमा त्यसैले उहाँको ज्यान गयो।’ – स्वास्थ्यखबरबाट

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger