Latest Updates :

युवतीको कारमा राखेर गरे तीन जनाले बलात्कार

SHARE THIS POST :
नयाँ दिल्ली, ६ असार । भारतमा सन् २०१२ को डिसेम्बरमा मेडिकल विषय पढ्ने एकजना विद्यार्थीलाई बलात्कार गरी हत्या गरेको क्रुर घटनालाई सम्झाउने गरी अर्काे घटना सोमबार राति भएको छ ।

भारतीय राजधानी क्यापिटल नजिकै एकजना ३५ बर्षीया महिलालाई अपहरण गरेर कारमा हाली तीन जनाले चार घन्टासम्म बलात्कार गरेको घटनाको समाचार मङ्गलबार भारतीय मिडियाहरुमा छ्याप्छ्याप्ती आएको छ ।प्राप्त समाचारअनुसार सोमबार राति ती महिलालाई नयाँ दिल्लीबाट करिब ३० कीलोमीटर परको सोहना सडकमा हिँडिरहेको बेलामा नाटकीय रुपमा अपहरण गरी गुडिरहेको कारमा राखिएको थियो ।

सो कारमा चार घन्टासम्म राखेर कारमा रहेका तीन जनाले बलात्कार गरेको महिलाले प्रहरीसमक्ष बयान दिएकी छिन् ।राति अपहरणमा परेकी उनलाई मङ्गलबार बिहानीपखमात्र नोएडाको अस्पतालनजिक ल्याएर फालिदिएका थिए । सडकमा फालिएकी ती महिला बेहोस अवस्थामा भेटिएकी थिइन् ।पछि उनलाई अस्पताल परिसरका नागरिकले देखेर प्रहरीलाई खबर गरेका थिए । उनलाई प्रहरीले अस्पतालको आकस्मिक कक्षमा पु¥याएका थिए ।

यस घटनालाई भारतीय सञ्चारमाध्यमहरुले सन् २०१२ को डिसेम्बरमा एकजना मेडिकल विद्यार्थीको छ जनाले बलात्कार गरेर सडकमा फालिदिएको घटनाका रुपमा समाचारमा ल्याएका छन् ।उक्त घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । नोएडाको प्रहरीले सो घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

ग्रेटर नोएडाका प्रहरी प्रमुख लभ कुमारले भनेका छन्– हामीले ती महिलाको बयानको थप प्रष्टिकरणका साथै उनले देखाएको क्षेत्रमा सिसी क्यामेराका फुटेजहरुको सङ्कलनको काम भइरहेको जनाएका छन् ।उनले भने– यो घटना अत्यन्तै क्रुरतापूर्वक र पाँच वर्षअघि मेडिकल विद्यार्थीमाथि भएको घटनालाई थप सम्झाइदिने हिसाबले भएको छ, हामीले अनुसन्धान सुरु गरेका छौँ, तथ्य पत्ता लाग्ने छ ।त्यस समयमा पनि २३ बर्षीया ती विद्यार्थीमाथि भएको बलात्कारको घटनामा संलग्न छ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

त्यस घटनाका दोषीमध्ये ४ जनालाई त सर्वाेच्च अदालतको फैसलापछि मृत्युदण्ड दिइसकेको छ । भारत सरकारले सोही घटनापछि नै भारतमा बलात्कारका दोषीलाई कडा सजायको व्यवस्था गरेको छ ।भारतमा बलात्कारका घटना निकै हुने गर्दछन् । सरकारले जति कडा कानुन ल्याए पनि यस्ता घटनामा कमी भने नआएको अधिकारीहरुले बताएका समाचारमा उल्लेख गरिएको छ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger