Latest Updates :

विश्वकै कृतिमानी खगेन्द्र १२ दीन देखी बिरामी, थप उपचारको लागि काठमाण्डौ रिफर

SHARE THIS POST :
विश्वका होचा व्यत्तिको रुपमा विश्व कृतिमान राखेका खगेन्द्र थापा मगरको थप उपचारको लागि काठमाण्डौं लगिएको छ । पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराले रिफर गरे पछि उनको थप उपचारको लागि काठमाण्डौंको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगिएको खगेन्द्र थापा मगर प्रतिष्ठानले जनाएको छ ।

विगत १२ दीन देखी पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भएपछि अस्पतालले थप उपचारको लागि काठमाण्डौं रिफर गरेको हो ।

पछिल्लो केहि दिन देखी खगेन्द्रको स्वास्थ्यमा समस्या आएकोले उनलाई सघन उपचारकक्ष (आईसियु) राखेर उपचार भईरहेको छ । आज आईतबार बुद्ध एयरको विमानमा उनलाई काठमाण्डौं उपचार गर्न लगिएको हो ।

खगेन्द्रको उपचारमा संलग्न चिकित्सकहरु मध्य फिजिसियन तथा हार्मोनरोग बिशेषज्ञ डा. सुनिल कुमार चौधरीले खगेन्द्रको शरिरमा रगतको मात्र कम भएको, जन्मजात कम तौल भएको कारणले गर्दा जेनेटिक समस्या, मुटुको घड्कन बढी चलेकोले लगायतको प्रभारम्भिक चरणमा समस्या रहेको बताए ।



उनले भने “ खगेन्द्र राष्ट्रकै एक महत्वपुर्ण व्यत्ति भएको नाताले पनि हाम्रो सिंगो टिम उनको उपचारमा लागी परेका छौं, एक दीन पछि उनको स्वास्थ्यको बारेमा जानकारी गराउन सक्छौं।

” पुर्व मन्त्री समेत रहेका राजेन्द्र पाण्डे उक्त अस्पताल संचालक समितिको अध्यक्ष भएको नाताले उनले खगेन्द्रको निशुल्क उपचार गर्ने वचन दिए पछि खगेन्द्र थापा मगर प्रतिष्ठानले खगेन्द्रको थप उपचारको गर्न काठमाण्डौं लगेको हो ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पताल तथा मनमोहन मेमोरियलमा समेत निशुल्क उपचार भए पनि केहि औषधिमा भने प्रतिष्ठानले खर्च गर्दै आएको प्रतिष्ठानका अध्यक्ष मिन बहादुर रानाले बताए ।

खगेन्द्रका भाई महेश थापा मगर र प्रतिष्ठानका अध्यक्ष राना सहितको टोली खगेन्द्रको उपचार गर्न काठमाण्डौंमा रहेको छ । खगेन्द्रको उपचारमा हरि धमलाले समेत साथ दिएको प्रतिष्ठानले जनाएको छ ।

खगेन्द्र परिवारकोे आर्थिक अबस्था कमजोर भएकोले प्रतिष्ठानले विभिन्न अस्पताल तथा संंघ संस्थाबाट एवं व्यक्तिको सहयोगले स्वास्थ्य उपचार गर्दै आएको छ । बाग्लुङ धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र हाल पोखराको सृजनाचोकमा बस्दै आएका छन ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger