आर्यनले एक अन्तरवार्तामा आफ्ना अनौठा फ्यानहरुको बारेमा रहस्य खोल्दै जाँदा पोखराकी भावनाका बारेमा पनि बोल्न भ्याए । उनले भने पोखरामा एकजना केटी फ्यान हुनुहुन्छ । उहाँ मेरो डाइहार्ड फ्यान हुनुहुँदोरहेछ । उहाँलाई म निकै मन पर्दोरहेछु ।
त्यति मात्र नभएर उहाँले मसँगै जीवन बिताउने कुरा पनि सोच्न भ्याइसक्नुभएछ । मैले बिहे गरिसकेँ । तैपनि उहाँ अझै मेरा लागि कुरिरहनुभएको छ । त्यस्तै, बुटवलमा पनि एकजना युवती हुनुहुन्छ । म उहाँको नाम भन्न चाहन्न । उहाँ पनि मैसँग बिहे गर्ने भनेर अहिलेसम्म बिहे नगरी बस्नुभएको छ । मैले बिहे गरिसकेँ, म अब कसैको हुन सक्दिनँ । त्यसैले बिहे गर्नुहोला भन्न चाहन्छु ।
Post a Comment